Websoft University

कविता प्रतियोगितामा कान्तिपुर कलेजकी पोखरेल प्रथम


विराटनगर । रातो तारा डट कम विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपाकरुणा पोखरेल प्रथम भएकी छन् ।


आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबार आयोजित प्रतियोगितामा ‘रक्तिम कथा’ शीर्षकको कविता वाचन गरेर पोखरेल प्रथम भएकी हुन् । त्यस्तै भानु कलेजकी निष्ठा बस्नेतले ‘मूल्य कति ?’ शीर्षकको कविता वाचन गरेर द्वितीय स्थान प्राप्त गर्दा अरनिको कलेजका युगेश अधिकारीले ‘बा’ शीर्षकको कविता सुनाएर तृतीय भए । त्यस्तै ‘म भिन्न होइन’ शीर्षकको कविता वाचन गर्ने  शिक्षादीप कलेजकी छात्रा एन्जिनिता श्रेष्ठ र ‘नेपाल सुन्दर फूलबारी’ शीर्षकको कविता वाचन गरेर सिद्धार्थ शिशु सदनका छात्र रामचन्द्र मेहता चौथो भए । कवि एवं पत्रकार मीनकुमार नवोदित, कवि शुभलक्ष्मी लम्साल र रमेशचन्द्र अधिकारीको निर्णायक समितिले विभिन्न ११ वटा कलेजका २० जना प्रतिस्पर्धीबाट पुरस्कृत विद्यार्थीहरुको नाम छनौट गरेको थियो । सो अवरान प्रथम हुने पोखरेलले ६ हजार, ट्रफी, मेडल र प्रमाणपत्रले प्राप्त गरिन् । 

त्यस्तै द्वितीय हुने बस्नेतलाई ४ हजार र  तृतीय हुने अधिकारीलाई ३ हजारसहित मेडल, ट्रफीका साथ प्रमाणपत्र प्रदान गरिएको थियो । चौथो हुने श्रेष्ठ र मेहताले १–१ हजार नगदसहित प्रमाण प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्राज्ञ खेम नेपाली, साहित्यकार मधु पोखरेल, आयोजक संस्थाका संरक्षक मीनकुमार नवोदितलगायतले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै सोही अवसरमा समाजसेवी गणेश साह र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रबहादुर खड्कालाई प्रशंसापत्रले सम्मान गरिएको थियो । विद्यालय र कलेजदेखि नै विद्यार्थीहरुलाई साहित्यप्रति अभिरुची जगाउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.