Websoft University

सन्दकपुर गोल्डकप ः मोरङको बिजयी सुरुवात


सन्दकपुर । रातो तारा डट कम, दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन  खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले बिजयी सुरुवात गरेको हो । मोेरङलाई जित दिलाउन रोजन राईले निर्णायक गोल गरे । खेलको २५ औ मिनेटमा उनले गरेको गोलले मोरङ सेमीफाइनल प्रवेश गरेको छ । निर्णायक गोलकर्ता राई म्यान अफ दि म्याच घोषित भए । 


उनलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले नगद २ हजार र मेडल प्रदान गरे । प्रतियोगिता अन्र्तगत दोश्रो क्वाटरफाइनल खेलमा जनता सेभेन सूर्योदय नगरपालिका इलाम र ज्यामिरगढी फुटबल क्ल्ब झापाबिच शनिबार खेल हुनेछ । आगामी बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीको ८ टिमको सहभागिता रहेको छ । विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । 

प्रतियोगितालाई सन्दकपुर गाउँपालिकाले मुख्य सहयोग गरेको छ । देउराली स्र्पोटिङ क्लबका अध्यक्ष लिला बुर्जाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष उदय राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष शोभा पराजुली, प्रमुख प्रशासकिय अधिकृत महेश राईको विशेष आतिथ्यता रहेको थियो । 

क्लबका आर्थिक संयोजक माधव खनालले स्वागत गरेको कार्यक्रम संचालन क्लबका सचिव अइन्द्र राईले संचालन गरेका थिए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.