Websoft University

मनोनयन दर्ताकै दिन धरान कांग्रेसमा ठूलो पहिरो, दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता


धरान,  १२ बैशाख। रातो तारा डट कम,मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ । धरान–१४ नं. वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गर्नु भएको छ । यस्तै १ नं. वडाका वडाध्यक्ष रोशन अधिकारीसहित करिव दुई सय कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् । 

कांग्रेसबाट फेरी वडाध्यक्षमा टिकट प्रायः निश्चित भएर सोमबार नै वडाध्यक्षबाट राजीनामा दिनु भएका भट्टराई र अधिकारीलाई एकाएक मंगलबार टिकट नदिए पछि कांग्रेस छाडेर राप्रपामा प्रवेश गर्नु भएको हो । उहाँहरुसहित वडाका दर्जनौ कार्यकर्ताहरुले पार्टी छाडेका छन् । १४ नं. वडामा कांग्रेसले स्थानीय श्याम श्रेष्ठलाई टिकट दिएर पछि असन्तृष्ट पक्षले पार्टी छाडेका हुन् । १ नं. वडामा  कांग्रेसबाट द्वारिका आचार्यलाई टिकट दिएको छ । 

धरान–१ वाट नगर सभा सदस्य विवेक प्रसाईसहित नगर सदस्य तथा पार्टीका क्रियाशिल सदस्यहरुले कांग्रेस छाडेर राप्रपा गएका छन् । करिव २ सय जना आफुसँगै राप्रपामा गएको रोसनले बताउनु भयो । उहाँहरु दुवैले पुन वडाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ । 

‘पार्टीले अन्याय ग¥यो । मेरो लोकप्रियता र विगतमा वडाध्यक्ष भएर गरेको कामको प्रभावले राप्रपाले पुन अध्यक्ष बनाउने प्रस्ताव ल्यायो । त्यही भएर हामी वडाका सबै कांग्रेसका साथीहरु राप्रपामा प्रवेश ग¥यौं ।’–फोन सम्पर्कमा भट्टराईले भन्नु भयो–‘एकिन संख्या हिसाव गर्न पाएको छैन् । धेरै साथीहरु मसँग हुनुहुन्छ । मनोनयन दर्ता पछि हामी सबै साथीहरुसँग सल्लाहा गरेर घोषणा कार्यक्रम गछौं ।’

यस्तै ६ नं. वडाबाट भूपेन्द्र भट्टराईले टिकट नपाए पछि स्वतन्त्रा उम्मेद्वारी दिनु भएको छ । पार्टीले वडाध्यक्षमा कृष्णकुमार राईलाई टिकट दिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.