Websoft University

फोनिज सुनसरीद्वारा इटहरी ८ का निवर्तमान वडाअध्यक्ष एवं पुनः वडाअध्यक्षका उमेद्वार रोहित चौंधरीलाई सम्मान


इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीले जनप्रतिनिधिका रुपमा वडाको विकास, सम्बृद्धि र पहिचानका निम्ति आफ्नो कार्यकालमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उच्च मुल्यांकनका साथ इटहरी उपमहानगरपालिका वडा नंम्वर ८ का निवर्तमान वडाअध्यक्ष एवं पुनः वडाअध्यक्षका उमेद्वार रोहित चौधरीलाई आदिवासी जनजाति समुदायको तर्फबाट आभार प्रकट एवम् धन्यवाद ज्ञापन गर्दै एक कार्यक्रमबीच सम्मान गरेको छ ।

युवा उमेरमा देश र जनताका निम्ति इमान्दारितापूर्वक काम गरेका र अबका दिनहरुमा पनि थप सक्रियताका साथ काम गर्ने अपेक्षा गरेको भन्दै फोनिज सुनसरीले वडा अध्यक्ष चौधरीलाई आदिवासी जनजाति समुदायबाट वडाको सफलतापूर्वक नेतृत्व गरि आदिवासी जनजातिको नाम, मान र शानलाई अझ उच्च बनाउन अतुलनीय भूमिका खेलेको भन्दै उनको प्रशंसा गरेको छ ।

आदिवासी जनजाति समुदायको तर्फबाट फोनिज सुनसरी तपाईलाई हार्दिक आभार प्रकट गर्दछ”, फोनिजले प्रदान गरेको सम्मान पत्रमा भनिएको छ, “आगामी स्थानीय तहको निर्वाचनमा समेत पुनः निर्विरोध उम्मेदवार चयन भएकोमा निर्वाचन प्रक्रियामा विजय भई पुनः दोस्रो कार्यकाल पनि स्वर्णिम बनाउन, फोनिज शुभकामना व्यक्त गर्दछ ।”

विजयपश्चात, स्थानीय तहमा आदिवासी जनजाति समुदाय र स्थानीयस्तरमा पिछाडी परेका पारिएका समुदायका दिर्घकालिन र दिगो हितका लागि समयासान्दर्भिक, प्रामाणिक, र अग्रगामी रुपमा अझ सक्रिय, अझ प्रभावकारी र इमान्दारितापूर्वक काम गरिदिन पनि फोनिज, सुनसरीले अनुरोध गरेको छ ।
सम्मानित भएपछि वडा अध्यक्ष चौधरीले वडा, वडावासी र इटहरीका निम्ति मात्र नभई देश र जनताकै निम्ति आफ्नो तर्फबाट इमान्दारितापूर्वक सेवा गर्ने प्रतिवद्धता जाहेर गरे । उनले वडाको अग्रगामी विकास र सम्बृद्धिका निम्ति निरन्तर लागि पर्ने बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीका पूर्व अध्यक्ष धिरेन्द्र कुमार चौधरी, थारु पत्रकार संघ केन्द्रिय उपाध्यक्ष एवम् प्रदेश १ प्रमुख तथा फोनिज सल्लाहकार कुलदिप चौधरी र फोनिज सुनसरीको टिम नै उपस्थीत कार्यक्रममा वडा अध्यक्ष चौधरीलाई सम्मान पत्र र खदा ओढाएर सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.