Websoft University

फुटवलमा मध्यपुरको जित सुनश्चित भयो


काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम, सहिद स्मारक बी डिभिजन अन्तर्गतको फुटवल खेलमा मध्यपुर युथ एसोसियसनले हिजोको खेलबाट विजयी सुरुआत गरेको छ । एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेकोे थियो । मध्यपुरका लागि सञ्जीब थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धिरज श्रेष्ठ र जेनिश प्रजापतिले एक–एक गोल गरेका थिए । सामाजिक युवाका लागि विकास दर्जी र बसन्त बहादुर रानाले एक–एक गोल गरेका थिए । सञ्जीबले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा धिरजले ५४ औं मिनेट तथा जेनिशले ७४ औं मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनश्चित गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.