Websoft University

नेकपा एमालेद्धारा संखुवासभामा जनवर्गीय संठनको विस्तार


मोहन कुमार राई÷ फाल्गुण २१ गते । रातो तारा डट कम, संखुवासभा, नेकपा एमालद्वारा जिल्ला स्तरीय जनवर्गीय संगठनहरुको विस्तार जिल्लाको चैनपुरमा भएको एक सम्मलनले गरेको छ । 


नेकपा (एमाले) जनवर्गीय संगठनको जिल्ला सम्मेलन विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले पार्टी महासचिव शंकर पोखरेले राष्ट्रको पक्षमा काम गर्दा पूर्व प्रधानमन्त्री केपी ओलीको लोकप्रियतालाई देखेर सत्ता बाहिर पु¥याएको आरोप लगाउनुहुँदै  गठबन्धन सरकारको विरुद्धमा पार्टी एक्लै लडिरहेको र आगामी निर्वाचनमा पनि एमाले एक्लै लडेर सत्तामा पुग्ने जनसभालाई विश्वस्त गर्नुभयो ।  विकास प्रेमी नेताहरुले फेरी पनि सत्तामा पु¥याउने एमाले महासचिव पोखरेलले  विश्वस्त गर्नुभयो । 

नेकपा एमाले द्धारा जिल्लाभरीका जनवर्गीय संगठनहरुको  जिल्ला सम्मेलनले विद्यार्थी अनेरास्ववियु, अखिल नेपाल महिला संघ, किसान संगठन लागायत ३० बढी जिल्ला कमिटिको जनसँगठन घोषणा गरेको चैनपुर नगरपालिका नगरकमिटि सचिव चन्द्रमणि दाहालले जानकारी दिनुभयो ।

जनसभालाई विशिष्ट अतिथि एवं नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतम्, पोलिटव्युरो सदस्य महेश वस्नेत,  प्रदेश अध्यक्ष तुलसी प्रसाद गौतम लगायत नेकपा एमाले नेताहरुले आ–आफ्ना धारणाहरु राख्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.