Websoft University

गाउँपालिका अध्यक्षबाट प्याङको गुम्बालाई एक लाख चार हजार रकम बराबरको ईटा सहयोग


डम्बर कुमार निरौला,माईजोगमाई-झापा२०७८ फाल्गुन २२ गते । रातो तारा डट कम,यतिबेला माईजोगमाई गाउँपालिका टिम गाउँपालिकाको बिकासको लागि कम्बर कसेर लागेको छ आफ्नो पालिकाको बिकासको लागि । माईजोगमाई गाउँपालिकाको पर्यटकीय स्थलहरुको संरक्षण गर्न माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई आफै लाग्नुभएको छ ।


माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा रहेको डंग्युर ञिङमा पल्युल ओर्गेन लोङ्कुई लिङ गोन्पा लाई गुम्बा निर्माणको लागि माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले आफ्नो ब्यक्तिगत तर्फबाट एक लाख चार हजार (१,०४,०००) रुपैयाँ बराबर को ईट्टा हिजो एक कार्यक्रमको बिच गुम्बालाई हस्ताणतरण गर्नुभएको छ ।

गुम्बा ब्यावस्थापन समितिले गुम्बा निर्माणको लागि ईटा पाएपछि खुसि ब्यक्त समेत गरेको छ ।

कुनैपनि राजनैतिक प्रलोभन नदेखाई गुम्बाको निर्माण कार्यमा सहयोग होस् भनेर गाउँपालिका अध्यक्ष जित बहादुर राईले गुम्बालाई सहयोग गर्नुभएको हो ।

गाउँबासीको साथ सहयोग भएमा माईजोगमाई गाउँपालिकाको अन्य क्षेत्रहरुको बिकासमा आफू अहोरात्र खटिने अध्यक्ष जित बहादुर राईले बताउनु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.