Websoft University

नदीनालाबाट जथाभावी उत्खनन गर्न थाले पछि, अध्ययन टोलि गठन गर्न आदेश जारी


काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम, वातावरण कानून समाजका अध्यक्ष तथा अधिवक्ता पदमबहादुर श्रेष्ठले सवोच्चमा दिएको रिटकाबारेमा सुनुवाइ हुदा, देशभरका नदीनालाबाट जथाभावी रूपमा गरिएको उत्खननले मानव जीवन, बस्ती र वातावरणमा प्रतिकूल असर परे नपरेको बारे सर्वोच्च अदालतले देशभर नदी उत्खननका बारेमा अध्ययन गर्न बहालवाला सचिवको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न समेत हिजो अदालतले आदेश जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ विपरीत हुनेगरी उत्खनन नगर्न÷नगराउन भनी १७ साउन २०७८ मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिनसमेत आदेश दिएको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.