Websoft University

महासंघ अध्यक्ष गिरीद्धारा पत्रकार उपचार कोषलाई २५००० प्रदान


बिर्तामोड, फागुन १८ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बुधबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत असोज १८ गते आफ्नो जन्मोत्सवको अवसर पारेर गिरीले कोषमा सहयोगको घोषणा गरेका थिए ।
महासंघ झापाका अध्यक्ष  गिरीले कार्यालय परिसरमा कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरेका हुन् ।   कोषका लागि नगद रकम हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्षद्वय केशव भट्टराई र सुशीला संग्रौला, कार्यसमिति सदस्य सन्तोष शर्मा र फोनिज झापाका पूर्व अध्यक्ष तथा महासंघको अनुशासन समितिका सदस्य गणेशमान मुखियाको सहभागिता थियो ।
अध्यक्ष गिरीले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न रकम प्रदान गरेको बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।
कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।
आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने गिरीले बताए ।
महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । आफ्नै सामाजिक सुरक्षाका लागि स्थापित उपचार कोषमा सहयोग गर्न अध्यक्ष गिरीले इच्छुक पत्रकारलाई पनि आग्रह गरेका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.