Websoft University

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण


विराटनगर, १८ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको उर्लाबारीमा ३, विराटनगर, बेलबारी, कानेपोखरी र सुन्दरहरैचामा २–२, सुनबर्षीमा १, सुनसरीको इटहरीमा ३, बराहक्षेत्रमा २, बर्जु र देवानगञ्जमा १–१, झापाको गौरीगञ्ज, भद्रपुर, मेचीनगर र कनकाईमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८७४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.