Websoft University

अब केही महिना मैं भूमिहीन सुकुम्बासीको हातहातमा लालपुर्जा - मेयर ढकाल

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,राष्ट्रिय भुमि आयोगले दलित र सुकुम्बासी, अब्यबस्थित बसोबासलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान गर्न  मोरंगको  सुन्दरहरैचा नगरपालिकामा भुमि आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नाप जाँच गर्ने कार्य शुरु गरेको हो  ।


सुन्दरहरैंचा नगरपालिका वडा १० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नाप जाँच गर्न राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशब प्रसाद निरौलाले जग्गा नाप जाँचको डिजिटल प्रविधिको  सुभारम्भ गर्दै राज्यले भूमिहीन, अब्यबस्थित बसोबासलाई पहिलो प्राथमिकतामा काम गरेको बताउनुभयो। स्थानिय तहको निर्वाचन भन्दा अघि नै सुकुम्बासीले जग्गा पाउने अध्यक्ष निरौलाले जानकारी दिनु भयो।  अरु सरकार गठन हुँदा १ या २ बर्ष पछि मात्र अरु आयोगको गठन हुन्थियो भने यो सरकार आएपछि एक दुई महिनामै सुकुम्बासी आयोग गठन भई काम तिब्र रुपमा अघि बढेको जानकारी दिनुभयो  देशकै ६८ पालिकामा समझौता भएको भने पहिलो पालिका सुन्दरहरैंचा रहेको आयोगका अध्यक्ष निरौलालेको तर्क थियो।

डिजीपिएस राख्ने बितिकै टोटल मेसिनबाट सहज ढंगबाट नाप जाँचलाई टुंगोमा लगाउन सकिने छ। राष्ट्रिय सुकुम्बासी आयोग संग समझौता गर्ने देशकै पहिलो नगरपालिका सुन्दरहरैंचा हो ।  यसरी  फिल्डमा जग्गा नाप जाँच कार्यको समेत देश भरिको पहिलो नगरपालिका सुन्दरहरैचा रहेको छ  ।

सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख  शिव प्रसाद ढकालेले नाप जाचमा प्राबिधिक टोलि खटिएको हुँदा नगरबासीले सो कार्यमा समन्वयन गर्न अनुरोध गर्दै  भुमि प्रतिको आफ्नो स्वामित्व यथासक्य भूमिहीन सुकुम्बासीले पाउने बताउनु भयो।   चार वटा   टोटल स्टेशन मेसिनले नाप जाँच गरिरहेको छ । ४ वटा समुहमा प्राबिधिक टोलि खटि भुमि आयोगको सेवा कार्यालय सलकपुरमा स्थापना गरेर काम गरिरहेको  नगर प्रमुख ढकाले जानकारी दिनुभयो। आफ्नै  कार्यकालमा अब केही महिनामा नै नगरका हरेक सुकुम्बासी वस्तीहरुमा हातहातमा लालपुर्जा उपलब्ध गराउने नगर प्रमुख ढकालले जानकारी दिनुभयो।

सुकुम्बासी समस्या भनेको पुरानो समस्या हो।  स्थानिय सरकार आएपछि नगरका भूमिहिन सुकुम्बासीले अझै हातमा पुर्जा आउँछन  भन्ने आशामा छन्। नाप पोइन्टको आधारमा नकसांङ्कन काम पुरा भएपछी स्थानिय सरकार सुन्दराहरैचाले जिल्ला भुमि आयोगमा पठाइनेछ।  पुर्जा  मालपोत कार्यालयमा मोठ कायम गरेपछि प्राप्त गरेपछि पाउने भुमि राष्ट्रिय भुमि आयोग मोरंग  अध्यक्ष सुसिला घिमिरेले बताउनुभयो।गरिबी र बेरोजगारीपनले भूमिहीनको संख्या देशमै बढ्दो छ।  सुन्दरहरैंचा नगरपालिकामा ६ हजार भन्दा बढि भूमिहीन सुकुम्बासी छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.