Websoft University

योग अभ्यासको लागि ३ वटा हल निर्माण गर्छु, नगर प्रमुख नगरप्रमुख खत्री

 


मोहन कुमार राई -फाल्गुण १८ गते । रातो तारा डट कम, संखुवासभा,  महाशिवरात्री पर्वको अवसरमा नेपालकै चर्चित शक्तिपिठ  सिद्धकालीमा भएको पतन्जली नगर योग समिति चैनपुर तथा आयुर्वेद तथा योग समिति पोखरी चैनपुरको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा नगरप्रमुख भरत कुमार खत्रीले योग अभ्यास हल निर्माण गर्ने वताउनुभयो । 

चैनपुर नगरपालिकाका नागरिक स्वास्थ्य र निरोगी राख्न योग र आयुर्वेद औषधीको प्रयोग गर्न प्रोत्साहन गर्दै योग अभ्यासको लागि एक हल आवश्यक रहेको नगर प्रमुख खत्रीले महसुस गर्नुभयो । अव चाडै बजारक्षेत्रलाई मध्येनजर गर्दै खराङ्गबाजरमा एक चैनपुरबजारमा एक र पोखरी बजारमा एक  क्षेत्रमा एक गरी जम्मा ३ वटा  योग अभ्यासको लागि हलको व्यवस्था गर्ने आश्वासन दिनुभयो । नगरक्षेत्रका नागरिक स्वास्थ्य र निरोगी राख्न आयुर्वेद तथा एलोपेथिक पद्धतीलाई विकास गर्दै लैजाने समेत नगर प्रमुख खत्रीले बताउनुभयो । 

योगाशन, आयुर्वेद औषधीको प्रयोग शिव भगवानबाट शुरुवात भएकाले शिवरात्रीको अवसर पारेर गरेको कार्यक्रमको यो आयोजनाले सार्थकता भएको वताउनुहुँदै चैनपुर नगरपालिकाले साथ र सहयोग दिने वताउनुहुँदै चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाले कार्यक्रम सफलताको शुभकामना दिनुभयो । 

पतन्जली योग तथा आयुर्वेद योग समितिले आफ्नो नियमित योग अभ्यास मन्दिर परिसमा गर्दै गरौ योग रहौँउ निरोग भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमको अवसरमा चैनपुर आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद रायले महाशिवरात्री पर्वको अवसरमा सिद्धकाली शिव मन्दिरको अगाडी धुनी जगाउने, मन्दिर परिसर सरसफाई, तथा उपस्थित भक्तजनहरुलाई खिर तथा आयुर्वेदिक चियापान समेत गराएको वताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.