Websoft University

मोरंग व्यापार संघको भव्य ट्रेड एक्स्पो संचालन हुँदै


बिराटनगर २०७८ फागुन २४ गते । रातो तारा डट कम, मंगलबार मोरंग व्यापार संघले पत्रकार सम्मेलन गरी संघद्वारा यस वर्ष आयोजना गरिने व्यापार मेला (ट्रेड एक्स्पो) बारे जानकारी सार्वजनिक गरेको छ ।


मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्ष एवं मेला संयोजक श्री विकास कुमार बेगवानीज्यूले सञ्चारकर्मीहरुलाई संघको आगामी ट्रेड एक्स्पो बारे जानकारी गराउनु भएको थियो । 


संघका का.का. समिति सदस्यहरु श्री आशिष जाजूज्यू र श्री दिपेश सुवेदीज्यू समेत सह–संयोजक रहनु भएको उक्त टे«ड एक्स्पो २०७८ चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली जग्गामा संचालन हुने भएको छ । 

उक्त पत्रकार सम्मेलन मार्फत ट्रेड एक्स्पोका संयोजक श्री विकास कुमार बेगवानीज्यूले सार्वजनिक गर्नु भएको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।

प्रेस विज्ञप्तिः--

मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य यस मोरंग व्यापार संघ वि.सं. २००७ सालमा स्थापना भएदेखि नै मुलुकको आर्थिक र सामाजिक मामिलामा अग्रणी भूमिका खेल्दै आएको सर्व विदितै छ । यस संस्थाको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने र उच्च मनोबलका साथ आर्थिक क्रियाकलापमा विविधीकरण गरी अधिकार, हित र व्यावसायिक मर्यादाका लागि स्वतन्त्र र स्वाभिमानी अर्थतन्त्रको निर्माण गरी उद्योग÷व्यवसायीहरुको हक र हितको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ । यसका साथै संघले देशमा हुने प्राकृतिक प्रकोप, खेलकुद, साहित्यिक, धार्मिक, सामाजिक र मानवीय कार्यमा आर्थिक सहयोग गर्दै आएको छ भने विभिन्न सरकारी, सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । 

यस्तै, मुलुकको आर्थिक मेरुदण्डीय उद्योग÷व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवद्र्धनका लागि निरन्तर प्रयासरत रहँदै आएको यस संघले यस प्रदेशका स्वदेशी उत्पादनहरु सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य लिई समय समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको सर्व विदितै छ । यस आर्थिक क्षेत्रको गतिविधिहरुको सम्वद्र्धन एवं विकासका लागि यस संघले विगतमा कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०१८ (२०७५) आदि भव्यताका साथ आयोजना गरी उदाहरणीय रुपले सफलता हासिल गरेको र यस क्षेत्रको उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरुको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गराउन चाहन्छौँ । उक्त अन्तर्राष्ट्रिय व्यापार मेला, विराट ट्रेड एक्स्पो २०१८ ले स्वदेशी तथा अन्तर्राष्ट्रिय उत्पादित वस्तुहरु सहित सबै क्षेत्रको प्रदर्शनी र प्रवद्र्धन गर्न सफला हासिल गरेको थियो भने उक्त एक्स्पोले दुई लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको थियो । 

सोही उद्देश्यहरु अनुरुप विगतका वर्षहरु झैं यस वर्ष पनि यस संघले २०७८ चैत्र १८ गते देखि २६ गते सम्म विराटनगरमा ‘मोरंग व्यापार संघ टे«ड एक्स्पो २०२२’ (अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी)को आयोजना गर्ने तयारी गरिरहेको व्यहोरा सहर्ष जानकारी गराउँछौँ। 

कोरोना महामारीको लामो प्रभावपछिको पूर्वी नेपालमा सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रुपमा संचालन हुन लागेको यस वृहत अन्तर्राष्ट्रिय व्यापार मेला, ‘मोरंग व्यापार संघ टे«ड एक्स्पो २०२२’ ले नयाँ र विद्यमान उत्पादन र सेवाहरु प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरु बारे छलफल गर्ने उत्कृष्ट थलो हुनुका साथै उत्पादक तथा वितरकहरुलाई आफ्ना उत्पादन र सेवाहरुको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरण गर्न महत्वपूर्ण भूमिकाखेल्ने छ ।

साथै, मोरङ–सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिने उक्त मेलामा सुविधा सम्पन्न प्रविधियुक्त एसी, कुलर आदि सहितका करीब २७५ स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त मुलुकभरीका सबै प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खनीजजन्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराइने छ ।

साथै, मेलामा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु समेटिनुका साथै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमुनाहरु (लण्डन व्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदि) मुख्य आकर्षणहरुको प्रदर्शनी गरिनुका साथै नेपालको मेला इतिहास मै पहिलो पटक जिप लाईन, रिभर्स बन्जी, जिप साईकलिङ लगायतका साहसिक खेलकुदको अनुभव प्रदान गरिने छ भने यस मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब तीन लाख दर्शकको आगमन हुने अपेक्षा लिएका छौँ ।

स्थानीयस्तरमा आयोजना हुने जुनसुकै कार्यक्रम सफल हुनुमा स्थानीय, निजी र सरकारी सबै निकाय सहित संचारकर्मीहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहने गरेको छ । अतः भव्य रुपमा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय व्यापार मेलाको व्यापक प्रचार प्रसार गरी यस मेलालाई ऐतिहासिक सफलता हासिल गराउन यहाँहरुको विशेष साथ र सहयोग रहने कुरामा मोरंग व्यापार संघ सहित यो मेला आयोजक समिति विश्वस्त छौँ ।


विकास कुमार बेगवानी

उपाध्यक्ष, मोरंग व्यापार संघ तथा

संयोजक, मेला आयोजक समिति



२०७८ फागुन २४ गते, मंगलबार


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.