Websoft University

लक्ष्मीनारायण सिर्जनशील महिला मञ्चले मनायो ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,११२ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष मार्च ८ तारिखका दिन विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरिन्छ ।सोही क्रममा आज मोरङको सुन्दरहरैंचा ३ स्थित चण्डेश्वर शिव पाञ्चायन मन्दिरको प्राङ्गणमा लक्ष्मी नारायण सिर्जनशील महिला मञ्चले १ दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा सुन्दरहरैंचा वार्ड नं ३ का वडाध्यक्ष जिवन ढुंगानाको प्रमुख आतिथ्यता र संस्थाकी अध्यक्ष रिता दाहालको अध्यक्ष्यता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढुङ्गानाले

महिला प्रति हिजो सम्म भइरहेको विभेद लाई आज देखि अन्त्य गर्न आफ्नै ठाउँ बाट प्रयत्न गर्नु पर्ने बताउँदै महिलाहरुलाई नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए। त्यसैगरी महिलाहरुमा जनचेतनाको कमी भएकाले पिडा भोगिरहनु परेको बताउँदै सकेसम्म सबै क्षेत्रका महिलाहरुलाई समावेश गराएर  जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम मार्फत महिला अधिकारको बारेमा सुनिश्चित गराउने हो भने महिला हिंसा न्यूनकरण हुन सक्ने विशेष अतिथि अधिवक्ता अञ्जना संग्रौलाले बताएकी छिन्।


त्यस्तै संस्थाकी सल्लाहकार निरा पोख्रेलले अन्तर्क्रिया गर्दै हामीले घर घरबाट महिलालाई सम्मान गर्न सिकीउँ भने समाजमा पनि महिलाहरु सम्मानित हुन्छन् र समाजमा सम्मनित भए भने राष्ट्रियमा सम्मनित हुन्छन् भन्दै महिलाहरुलाई राम्रो वातावरण बनाउनु पर्ने बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेकी थिइन्।  

अन्तर्क्रिया कार्यक्रम सहित महिलाहरुले नारी दिवसको अवसरमा नाचगान सहित म्यूजिकल चेयर, हाँडी फोर्ने जस्ता विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत गरेका थिए।उक्त कार्यक्रममा समाजसेवी सोभित पौडेल, जेष्ठ नागरिक समाज वार्ड नं ३ का अध्यक्ष भीम बहादुर कार्की, समाजसेवी रुद्र प्रसाद पोखरेल, मनोहर लुइँटेल लगायत अन्य राजनीतिज्ञ तथा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.