Websoft University

स्थानिय तहको निर्वाचन लक्षित नेताहरुको दौड धुप सुरु


काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम, स्थानीय तहको निर्वाचन आउन ६३ दिन मात्रै बाँकी रहदा दलहरू तयारीमा जुटेका छन् । सत्तागठबन्धन तथा प्रतिपक्षी दल एमालेसहित अन्य दलहरूले पनि चुनाव केन्द्रीत गतिविधि बढाएका छन् । शिर्ष नेताहरू चुनाव केन्द्रीत बैठक तथा सभा सम्मेलनमा सहभागी हुन थालेका छन् भने जिल्ला र स्थानीय तहका नेताहरूले आगामी निर्वाचनमा आ–आफ्नो उम्मेद्वारी सुनिश्चित गराउन लबिङ थालेका छन् । महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा आफ्नो उम्मेद्वारी घोषणा गर्ने तथा दाबेदारी प्रस्तुत गर्ने क्रम पनि सुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने आफ्नो पार्टीलाई बहुमत दिलाउने माहोल बनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । काँग्रेसले आसन्न चुनाव लक्षित गरेर आउँदो २९ गतेदेखि एक महिनासम्म देशभर प्रचार अभियान सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यस्तै, नेकपा एमालले पनि स्थानीय तह केन्द्रीत बनेर यसअघि नै अभियान सुरू गरिसकेको छ । प्रदेश तहमा चुनाब केन्द्रीत प्रशिक्षण गरेपछि एमालेका नेताहरू चुनावी माहोल बनाउने दौडधुपमा लागेका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.