Websoft University

शिशु सेवा समितिद्वारा विभिन्न क्षेत्रका व्यक्ति पुरस्कृत


विराटनगर । रातो तारा डट कम, शिशु सेवा समिति, विराटनगरले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । 


शिशु सेवा समितिको ३८ औं स्थापना दिवसको अवसर पारेर पत्रकार रञ्जिता पोखरेलसहित कलाकारिता र गीतसंगीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गरेको हो । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘शिशु सेवा पत्रकारिता पुरस्कार’ पोखरेललाई समर्पण गरिएको थियो । त्यस्तै ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘तीर्थप्रसाद अधिकारी–रानुदेवी संगीत पुरस्कार’ भानुकला केन्द्रकी अध्यक्ष वरिष्ठ कलाकार माया पौडेललाई प्रदान गरियो । ‘शान्ता उत्कृष्ट राष्ट्रिय बाल पुरस्कार’बाट भ्वाइस अफ नेपालमा प्रथम हुने जेनिस उप्रेती पुरस्कृत भए । उप्रेतीलाई पनि ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरियो । कार्यक्रमका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, आयोजक संस्थाका अध्यक्ष कविराज न्यौपाने, वरिष्ठ साहित्यकार दधिराज सुवेदीलगायतले माला लगाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपकुलपति कोइराला, वरिष्ठ साहित्यकार सुवेदीले शिशु सेवा समितिले समाजमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको चर्चा गरे । त्यस्तै संस्थाकी सचिव पद्मा रिजाल, सहसचिव धर्मराज भट्टराई, कोषाध्यक्ष शोभा पोखरेललगायतले सम्मानित व्यक्तिहरुको परिचय र संस्थाको बारेमा जानकारी गराए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.