Websoft University

सनातन पहिचानसहितको हिन्दूराष्ट्र निर्माणमा जोड


विराटनगर । रातो तारा डट कम, नेपालमा सनातन पहिचानसहितको हिन्दूराष्ट्र निर्माणमा देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । 

राष्ट्र शक्ति नेपाल जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले दलीय स्वार्थका कारण नेपालको पहिचानका रुपमा रहेको सनातन हिन्दूराष्ट्र र राजतन्त्रको अन्त्य भएको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय युवा शक्ति नेपालका संगठन विभाग प्रमुख विराज विष्टले संघीयता विखण्डनको बिउ भएकाले खारेजीको मुद्दालाई पनि अघि सारेको प्रस्ट्याए । उनले सनातन पहिचानसहितको हिन्दूराष्ट्रको मुद्दालाई राष्ट्र शक्ति नेपालले सशक्त रुपमा उठाएको जानकारी दिए । “संघीयता विखण्डनको बिउ हो, यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो,” उनले थपे, “त्यसबाहेक हिन्दूराष्ट्रसहितको राजतन्त्र हुनुपर्छ । अहिलेको व्यवस्थाले मुलुक कमजोर भएको छ । यो व्यवस्थाले आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्र तहसनहस भएको छ ।”  पूर्वमन्त्री विष्टले अहिलेको संविधान खारेज गरेर मुलुकमा २०४७ सालको संविधान लागू गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्र र राष्ट्रियता नेपाली नागरिकले बोक्न आवश्यक रहेको बताए । “दलहरूले विगत ७० वर्षदेखि जनतालाई पछाडि हिंडाउने काम मात्रै गरे,” विष्टले भने, “अब पनि दलहरूको झोले भएर हिंड्यौ भने हामीलाई भावीपुस्ताले माफी दिने छैनन् ।”

कार्यक्रममा राष्ट्र शक्ति नेपालका केन्द्रीय अभियन्ता मोहित चौधरी, रामप्रसाद गिरी, प्रदेश–१ का संयोजक दीपबहादुर खापुङ, मोरङ अध्यक्ष केशवप्रसाद रिजाललगायतले २०४७ सालको संविधान फर्काएमा मुलुकका धेरै समस्या समाधान हुने जिकिर गरे । उनीहरूले अहिलेको संविधानलाई आत्मसाथ गरेर अगाडि बढ्न नसक्ने बताए । संघीयतालाई मुलुकले थाम्न नसक्ने अवस्था देखिएको उनीहरूको भनाइ थियो । राष्ट्र शक्तिले देशका ७३ जिल्ला र देशबाहिर १० वटा मुलुकमा संगठन विस्तार गरिसकेको मोरङ अध्यक्ष रिजालले जानकारी दिए । पूर्वमन्त्री, सचिव, प्रहरीसहित समाजका विभिन्न क्षेत्रका उच्च पदस्थ ४ सयभन्दा बढी केन्द्रीय अभियन्ताहरू राष्ट्र शक्ति नेपालमा आबद्ध रहेको उनको भनाइ थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.