Websoft University

प्रदेश नं. १ सरकार ले विभिन्न सात वटा निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न


विराटनगर, ९ चैत्र । रातो तारा डट कम,प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले आज बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न सात वटा विषयमा महत्वपूर्ण निर्णयहरू भएको जानकारी दिनुभएको छ । 

उहाँका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको वि.सं.२०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकले भाद्र ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेश नं. १ मा सार्वजनिक बिदा दिइने निर्णय स्वीकृत गरेको छ । प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार भएबमोजिम उक्त बिदा दिइने निर्णय गरिएको मन्त्री घिमिरेले बताउनुभयो । त्यस्तै, सोही मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिरामीलाई उपचार खर्चवापत हुने उहाँले जानकारी दिनुभयो ।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि,२०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान(पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ । सोही मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.