Websoft University

सुन्दरहरैंचा ४ मा नेपाल तरुण दल महिला संघ तदर्थ समिती गठन साथै १५ जना पार्टी प्रवेश

 


मोरङ । रातो तारा डट कम,मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -४ नेपाली कांग्रेस वडा कार्यसमितीले पार्टी कार्यालय उदघाटन तथा नेपाल तरुण दल महिला संघ तदर्थ समिती गठन गरेको छ। स्थानिय निर्वाचन नजिकिदै गर्दा सुन्दरहरैंचा नगरपालिका भित्र हरेक वडामा यस किसिमको गठन तथा पार्टी प्रवेश, संगठन बिस्तार गर्दै आएको छ।


आजको कार्यक्रममा कमला अधिकारीको सभापतिमा ५५ सदस्यीय रहने गरि वडा नेपाली कांग्रेस वडा महिला संघ तदर्थ कार्यसमिति गठन गरेको छ। जस मध्ये उप सभापतिमा पार्वती बिष्ट दिपा थापा, कबिता चौधरी र सचिबमा मन्दिरा धमला र मंजु बस्नेत तथा कोषाध्यक्षमा भावना चौलागईं सर्वसहमत चयन भएका छन्।


त्यसै गरी संजय चौधरीको सभापतिमा १५३ जना सदस्यीय नेपाल तरुण दलको तदर्थ कार्यसमिति गठन भएको छ। उक्त कार्यक्रममा उप सभापति रोशन चौधरी, र सनम चौधरी, सचिब अरुण कार्की र राम कुमार मण्डल, सह-सचिब सचिन शाह, प्रेम श्रेष्ठ तथा कोषाध्यक्ष स्नेहा श्रेठ सर्वसहमत चयन भएका हुन्।

सो कार्यक्रममा एमालेबाट सिर्जना पराजुली, अमन्तिनाथ पराजुली, नारायण नेपाल, शुस्मा पराजुली लगायत १५ जना पार्टी प्रवेश गरेको वडा कार्यसमितिले जनाएको छ।

केन्द्र समितिको निर्णय अनुसार गाउँ गाउँ घर घर प्रतिनिधि पठाएको र त्यसै अनुरुप पार्टीले आफ्नो गतिबिधि गर्दै आएको नेपाली कांग्रेस वडा सभापति कैलाश बस्नेतले बताए। बस्नेतले नेपाली कांग्रेसलाई कुनै मदभेत नराखिकन पार्टीलाईआगामी चुनाबमा बिजय गराउन लागि परेको धारणा प्रस्तुर गरे। नेपाली कांग्रेसप्रेमी लगायत अग्रज नेपाली कांग्रेस बनेको वडा रहेको भन्दै नेपाली कांग्रेसलाई जिताउनका लागि जनताको घरघरमा गएर जतको आवस्यकता बुझेर घोषणा पत्र बनाएर अघि बढन आवश्यक रहेको र जनतामुखी घोषणा पत्र बनाएर जनताको घरघरमा नेपाली कांग्रेसले जाने बताए।

उक्त कार्यक्रममा मोरंग निर्वाचन क्षेत्र नं. ६ सभापति देब राज तमाङ पार्टी कार्यालयको उदघाटन गर्दै आफ्नो मन्तव्यमा कम्युनिष्ट पार्टी नजितिएको वडामा कांग्रेसीहरु कुनै पनि बिकास निर्माण कार्य गर्न होस या सिफारीस लिनका लागि होस आज दु:ख पाएको अबस्था जगजाहेर रहेको बताउदै नेपाली कांग्रेस कुनै जातको पार्टी नरहेको धारणा राखे।

नगर सभापति भक्ति सिटौलाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले घर आंगन र चौतारीमा आफ्नो गुनासो पोख्नु भन्दा पार्टीको भेला, बैठकमा गुनासो पोख्नु जायज रहेको भन्दै हिजो समान्य मनमुटावको कुरालाई बिर्सेर एक हुनु पर्ने बताए। कम्युनिस्टहरले एमसिसिको गलत प्रचार गरे पनि एमसिसि जनताको पक्षमा रहेको बताए। उक्त कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रन्जित कार्कीले भातृ संघठनलाई चलायमान र बजबुत बनाउन सकिएमा मात्र नेपाली कांग्रेसले चुनाब जित्ने धारणा प्रस्तुत गरे। झिना मसिना कुरामा न अल्झिकन अघि बढन सुझाब दिए।

सुन्दर हरैंचा नगरपालिका वडा ४ कांग्रेसको बाहुल्यता भएको वडा हो। वडा सभापति कैलाश बस्नेतले जनताको दुख सुख मा साथ दिदै उनिहरुको समस्यालाई सम्बोधन गर्दै सम्बन्धि निकायमा पहल गरेको बताए । सुकुम्बासि समस्या भएको यो वडामा लाल पुर्जा दिलाउन आफू पहल गरेको बताए। बलिया खाप गरि ६ वटा बस्ती रहेको यो वडामा अव्यवस्थित मजुर किसानहरुको बसोबास रहेको यो क्षेत्र बाढी समस्या पीडित र जोखिम अवस्थाको वडा हो। यसको लागि स्थानीय सरकारले पहल समेत गरिरहदा धेरै काम भएपनि ढल निकासको सम्स्या रहेको बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.