Websoft University

इटहरीमा बिकास निमार्णको काम देखिन थाल्यो - बनेका संमरचना उदघाटन र आयोजनाको धमाधम मेयर द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गर्दै,


सुनसरी  इटहरी फागुन २० गते । रातो तारा डट कम,      इटहरी उपमहानगरपालिकाका पहिलो कार्यकालका जनप्रतिनिधिले गरेको विकास र सम्वृद्धिको परिणाम देखिन थालेको छ । निर्माण सम्पन्न भएका भौतिक संरचनाको धमाधम उदघाटन भइरहेको छ । नयाँ योजनाहरु शिलान्यास गरिदै छ । यहि क्रममा आज इटहरी ४ स्थित वुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उदघाटन र नयाँ वन्ने अर्को भवनको शिलान्यास गरिएको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उदघाटन तथा शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रमुख चौधरीले सो विद्यालयमा पढने विपन्न वर्गका विद्यार्थीका लागि एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफना स्वर्गीय पिता नाथुराम चौधरीको स्मृतिमा अक्षयकोष निर्माण गरि विद्यालयका प्रधानाध्यापक तारा फूयाँललाई एकलाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

उहाँले आफू जनप्रतिनिधि रहेपनि नरहेपनि आफनो पूरा जीवन इटहरीको विकास र सम्वृद्धिमा अपर्ण गर्ने वताउनुभयो । इटहरीको विकास यहिका जनताको अथक प्रयासमा भएको उहाँको भनाई छ । विद्यालयको २९ वार्षिक उत्सव समेत पारेर आयोजित कार्यक्रमा वावुराम उपाध्याय भटटराईले आफना स्वर्गीय भाई कुमार भटटराईको स्मृतिमा स्थापित अक्षयकोषमा एकाउन्न हजार रकम हस्तान्तरण गर्नुभयो ।

वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरले स्वास्थ्य शिक्षा र पूर्वाधार निर्माणमा उल्लेख्य कार्य गरेको वताउनुभयो । ती कार्यको अहिले धमाधम नजिता देखिन थालेको उहाँको भनाई छ । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार आज उदघाटन गरिएको पश्चिम तर्फको भवनको पहिलोतल्ला राष्टपति शैक्षिक सुधार कार्यक्रमका १८ लाखको लागतमा निर्माण भएको हो । पूर्व तर्फको भवन शशर्त अनुदान अन्र्तगत ४० लाखको लागतमा निर्माण भएको हो । अव वन्ने तीन तले भवन चारकरोडको लागतमा वन्ने छ । त्यहाँ विद्यालय भवन,खेलमैदान,क्यान्टिन र सरस्वतीको मन्दिर निर्माण हुने छ । कार्यक्रममा नागरिक समाजका अध्यक्ष राजुकेसीको पहलमा हङकङमा  वस्ने नेपालीले साढे नौ लाख सहयोग गरेको जानकारी गराइयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्तिनाथ पौडेललाई सम्मान गरियो । कार्यक्रममा स्थानीय भजन पौडेल, रमेश खत्री लगायत वोल्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.