Websoft University

चिकित्सकको हेलचेक्राईको कारण जिल्ला अस्पताल उदयपुरमा शुक्रबार विहान एक गर्भवती महिलाको मृत्यु


श्याम राई÷ उदयपुर   गाईघाट, २० फागुन। रातो तारा डट कम,चिकित्सकको हेलचेक्राईको कारण जिल्ला अस्पताल उदयपुरमा शुक्रबार विहान एक गर्भवती महिलाको मृत्यु भएको छ ।

फागुन १७ गते प्रसुती गराउन अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका–६ की ३२ वर्षिया सिता राउतको उपचार नपाएर विहान २ बजे मृत्यु भएको हो । अस्पतालका चिकित्सकहरुले नर्मल रुपमै डेलिभरी हुन्छ भन्दै अस्पतालमा भर्ना गरेर पनि राम्रोसँग उपचार नगर्दा महिलाको मृत्यु भएको हो ।

‘ मैले बाहिर उपचार गराउन लान्छु भन्दा डाक्टरहरुले अन्यत्र लानु पर्दैन यहि नर्मल रुपमा सुत्केरी हुन्छ । भन्दै मलाई बाहिर लान दिएन ।’ मृतक महिलाकी पती अर्जुन कार्कीले बताए । ‘ मैले पटकपटक बाहिर लान्छु भन्दा डाक्टरहरु हामी माथि नै रिसाउने, झर्कने गरेको उनले बताए । अपरेशन गरेर भए पनि बच्चा निकाल्दिनु भन्दा उनीहरुले वास्ता नगर्दा श्रीमतीको उपचार अभाबमा मृत्यु भएको उनले भने ।

अस्पतालमा विहीबार कुने चिकित्सक नरहेको उनले बताए । लोसारको अवसरमा विदा भएकोले चिकित्सकहरु रमाईलोको लागि अन्यत्र गएका थिए । गर्भवती महिलाको स्वास्थ्य रातीदेखि अचानक खराब हुन थालेको र चिकित्सकहरु अवेर राती सम्म नआएको कारण उपचार नपाएर उनको मृत्यु भएको स्थानीय संतोष निरौलाले बताए ।

जिल्ला अस्पतालमा प्रसुती सेवाको लागि २ जना दक्ष चिकित्सक भए पनि उनीहरुबाट सेवा उपलब्ध नभएको मृतककी पती कार्कीले बताए ।

गर्भवती महिलाको मृत्यु बारे उनका आफन्तहरुले घटनाको छानविन गरेर दोषि माथि कार्यवाहीको माग गरेकाछन् ।

घटनाको यथार्थजानकारी नआए सम्म शब नउठाउने अडान सहित मृतकका आफन्त, गाउँले, परिवारका सदस्यहरुले विहानदेखि नै जिल्ला अस्पताल उदयपुर घेराऊ गरेकाछन् ।



                                                            




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.