Websoft University

चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने


काठमाडौं चैत ११ गते । रातो तारा डट कम,चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा उनी आज नेपाल आइपुग्दै छन् । 

एमसीसी अनुमोदन भएको महिनादिन भित्रै स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आइतबारसम्म नेपाल भ्रमणमा रहनेछन् । 

भ्रमणका क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने बताइएको छ ।

 चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.