Websoft University

विभिन्न कार्यक्रम गरी दौतरीबलिया बचत तथा ऋण सहकारीले मनायो १४औँ वार्षिकोत्सव


शिव भट्टराई, मोरङ चैत १० गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा ४ स्थित दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।

चौधौं बार्षिकोत्सवको अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम जसमा ४८ प्रिन्ट रगत सङ्कलन, नव दृष्टि आँखा अस्पतालको सहकार्यमा आँखा शिविर,जेष्ठ सदस्यलाई सम्मान, नयाँ सेयर सदस्यहरूलाई विशेष उपहार , एकमुष्ट जम्मा गर्ने सदस्यहरूलाई र नियमित बचतकर्तालाई पुरस्कार वितरण गरेको थियो।


उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले केक काटेर तथा खुत्रुकेमा १४ ओटा डलर छिराएर उद्दघाटन गरिएको थियो भने उद्दघाटन कै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सहकारीमा सबैजना सहकार्य गरेर अगाडि बढ्नु पर्ने र सहकारीका कार्यहरू सबै प्रविधि मैत्री बनाउनु पर्ने बताउँदै सहकारी सहित हरेक क्षेत्रमा युवाहरुको सहभागिता भए देश समृद्ध बन्न सक्ने बताएका छन्। कार्यक्रममा संस्थाकी उपाध्यक्ष सावित्रादेवी गुरागाईंले स्वागत मन्तव्य राखेकी छिन्। 


संस्थाले हाल सम्म २१ सय भन्दा बढी सेयर सदस्य बनाउन सफल भएको र ३ करोड भन्दा बढी सेयर पूँजी संकलन गरेको बताउँदै सुन्दरहरैंचामा रहेका अरु ठूलो सहकारी संस्थाहरू सँग नजिकबाट प्रतिपर्धाका रूपमा अगाडि बढेको र सदस्यहरूलाई धेरै सेवाहरु प्रदान गर्दै संस्था अगाडि बढिरहेको संस्थाका अध्यक्ष उमेश वस्तीले बताएका छन्।

उक्त वार्षिकोत्सव कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक केशवराज काफ्ले, नव दृष्टि आँखा अस्पतालका प्रमुख डा. विजय पौडेल, नेफ्स्कून फिल्ड कार्यलय इटहरीका प्रमुख मुकेश दाहाल लगायत अन्य सामाजिक साथै राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने संस्थाका सचिव रामकुमार कालाखेतीले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.