Websoft University

प्रेस–बिज्ञप्ती मार्फत जारी हक्की प्रतियोगिताको बिरोध


काठमाडौ । रातो तारा डट कम,आदरणीय पत्रकार साथीहरु मिती २०७८÷१२÷०८ देखी विराटनगरमा संचालित तेस्रो गिरिजा प्रसाद कोईराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सहभागी बागमती प्रदेश हक्की टोलीका प्रशिक्षक तथा टिम म्यानेजर द्धारा जारी  । 

जारी प्रतियोगितामा आयोजक कमिटीले नेपाल हक्की संघबाट जारीनै नभएको र नियमावली समेत स्वीकृत नगरीएको तर संयोजक तोकी आफुखुशी निर्देशित पत्रचार गरि विभिन्न प्रदेशबाट खेलाडीहरु बोलाई आयोजक र प्राविधिक कमिटीका सदस्यहरुको व्यक्तिगत र समुहगत स्वार्थ अनुरुप विदेशी खेलाडीहरुलाई किर्ते नेपाली बनाई केही टोलीको सदस्य बनाई सहभागि गराईएकोले सो खेलाडीहरुको नाम, जर्सी नम्बर सहित विरोध दाबी गर्दा समेत प्राविधिक कमिटी र आयोजकको संयोजक र प्रतिवादी समेतको मिलोमतो गरी वादीलाई आवश्यक पूर्व स्वार्थ बमोजिम प्रमाण समेत नदेखाई दाबी नपुगेको भनी जारी प्रतियोगिताबाट बाहिर गरिएको छ । आयोजक संरक्षित हाम्रो प्रतिवादी गण्डकी प्रदेशको खेलाडीको सक्कल प्रमाणहरु वादीले हेर्न पाउनु पर्ने हाम्रो माग रहेको छ । उक्त मागबाट समेत वन्चित गरिएकोले आवश्यक सुचनाहरु सत्य तथ्य छानबिन गरी उक्त बिषयमा आम हक्की खेलाडी तथा खेल प्रेमी दर्शकहरुमा पुर्याई आवश्यक सुचना प्रवाह गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । 

मनोज शर्मा (बागमती प्रदेश हक्की टोली प्रशिक्षक)

साजन शर्मा (बागमती प्रदेश हक्की टोली ब्यवस्थापक)


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.