Websoft University

पोलस्टार बोर्डिङमा एकहप्ते उद्घोषण तालिम

विराटनगर । रातो तारा डट कम, विराटनगरको पुष्पलाल चोकस्थित पोलस्टार सेकेण्डरी बोर्डिङ स्कुलले आयोजना गरेको एकहप्ते उद्घोषण कला तालिम शुक्रबार सम्पन्न भएको छ । 

विद्यार्थीहरुलाई उद्घोषण र भाषणकलाबारे जानकारी दिने उद्देश्यले आइतबारदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिममा कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक पत्रकार मीनकुमार नवोदितले उद्घोषण कलाका प्रकार, असल उद्घोषकमा हुनुपर्ने गुण, उद्घोषण गर्दा ध्यान दिनुपर्ने विषय, उद्घोषकको दायित्व, कार्यक्रमका प्रकारलगायतका विषयमा प्रशिक्षण दिएका थिए । 


समापन समारोहमा सहभागी विद्यार्थीका तर्फबाट स्मरण दंगाल, सार्थक बाराकोटी, प्रितिस्मा दाहाल र मोनिका यादवले तालिमबाट उद्घोषण सम्बन्धी धेरै ज्ञान प्राप्त भएको बताएका थिए । आफूहरुमा आत्मविश्वास बढेको बताउँदै सहभागीहरुले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा प्रशिक्षक मीनकुमार नवोदित, विद्यालय सञ्चालक समितिका अध्यक्ष देवेन्द्र बाराकोटी, प्रिन्सिपल गोपालप्रसाद रिजाल, सञ्चालक राजकुमार दंगाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयले अध्ययनसँगै बेला–बेला खेलकुदका साथै वक्तृत्वकला, चित्रकला, कविता प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको सञ्चालक दंगालले जानकारी दिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.