Websoft University

इटहरीमा विकासको तिव्र लहर,एकै दिन तीन वटा आधारभूत अस्पताल भवन उदघाटन,


सुनसरी इटहरी फागुन १३ गते । रातो तारा डट कम,   इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८,१९ र २०मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभयो ।

इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य ंसंस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको वताउनुभयो । उहाँले अव आधारभूत सेवा लिन गाँउका वासिन्दाले शहर जानु नपर्ने वताउनुभयो ।

उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनवाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक समाग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिनुभयो ।आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाँउ गाँउका वािसन्दा उत्साहित वनेको उहाँको भनाई छ । उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले इटहरीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर स्वास्थ्य इकाई भवन निर्माण गरिनु सुनसरीमै उदाहरणीय कार्य भएको वताउनुभयो ।

उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले भवन निर्माण लागतका वारेमा जानकारी दिनुभयो । उपमहानगरका स्वास्थ्य संयोजक धनश्याम सिग्देलले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाका वारेमा जानकारी दिनुभयो ।वडा नम्वर १८मा वडाध्यक्ष रामकुमार चौधरी,१९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम  श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम भएका हुन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.