Websoft University

सलकपर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १५औं वार्षिक साधारण सभा सम्पन्न

 


मोरङ । रातो तारा डट कम,  झन्डै ४ करोड हाराहारीको आय–व्यय सार्वजनिक गर्दै मोरङको सुन्दरहरैँचा ८ सलकपुरमा रहेको सलकपर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


“स्वच्छ पिउने पानी, निरोगी बन्छ जिन्दगानी” भन्ने मुल नाराका साथ आर्थिक बर्ष २०७७÷०७८ को रू ३ करोड ८८ लाख ९७ हजार ४ सय ५ बराबरको आय व्यय प्रस्तुत गर्दै शुक्रबार समितिले १५औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 


समितिका अध्यक्ष गजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रदेश नं १ प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौला प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य संग्रौलाले संस्था स्थापनाको कालखण्डमा धेरै कठिनाईका साथ यहाँसम्म ल्याउन सफल रहेको बताउनुभयो ।

संग्रौलाले आफ्नै ठाउँको पानीलाई प्रशोधित गरि मिनिरल वाटरको रुपमा निकालेर विक्रि वितरण गर्न सक्दा संस्थाको आम्दानी बढ्ने हुँदा त्यस तर्फ ध्यान दिन समितिलार्ई सुझाब दिनुभयो । जुनसुकै पार्टी भएपनि सामाजिक संस्थामा स्वच्छ छवि भएको मानिस आए मात्र संस्थाको उन्नती प्रगति हुने उहाँको धारणा रहेको थियो । “काम गर्नेलाई जस र अपजस आउँछ त्यो हामीले स्वीकार्नु पर्छ, समाजमा पछाडीबाट छुरा हान्नेको कमी छैन त्यस्ता मानिसलाई निगरानी गर्नुपर्छ” उहाँले भन्नुभयो । साथै उहाँले संस्थालाई थप बलियो बनाउन आफुले हरकदम सहयोग र साथ दिने समेत प्रष्ट पार्नुभयो ।

संस्थाको परिसरमा सम्पन्न कार्यक्रममा कार्यसमितिको तर्फबाट अध्यक्ष गजेन्द्र भट्टराइले प्रगति, भावि नीति तथा कार्यक्रम र लेखा समिति संयोजक डेगेन्द्र सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख विपुल कर्णको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा निर्वतमान अध्यक्ष तथा नेपाली कांंग्रेस ८ नं वडा कमिटी सभापति गोविन्द बहादुर बस्नेत, माओबादी केन्द्र वडा नं ८ नं इन्चार्ज योगेन लिम्बु, नेकपा समाजवादी वडा नं वडा कमिटीका डम्बर न्यौपाने, नेकपा एमाले ८ नं वडा कमिटी अध्यक्ष छत्रपति दाहाल, सुन्दरहरैँचा ८ नं वडा सदस्य उर्मिला रिजाल, सलकपुर सामुदायिक वनका अध्यक्ष जनक खत्रि, संस्थाका पूर्व अध्यक्ष पिताम्बर दाहाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर्णले चारकोठे सामुदायिक भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । साथै संघीय खानेपानीले सक्दो सहयोग गर्ने उहाँको धारणा रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रको पानी जाँच गर्दा उच्च गुणस्तरको रहेको समेत दाबि गर्नुभयो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष पर्शुराम राइले स्वागत मन्तब्य राखनुभएको थियो भने कार्यक्रम संचालन समितिका सचिव श्यामप्रसाद ढकालले गर्नुभएको थियो ।

वि.सं २०५३ सालमा स्थापना भएको यस संस्थाले सुन्दरहरैँचाका ७, ८, ९ र ११ वडाका करिब २ हजार भन्दा बढी परिवारलाई सहज रुपमा खानेपानी उपलब्ध गराउदै आएको  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.