Websoft University

चलचित्र 'टेन्सन' सार्वजनिक

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,होम पि भट्टराईको निर्देशनमा जनचेतनामुलक कमेडी छोटो चलचित्र 'टेन्सन' सार्वजनिक

जनचेतनामुलक साथै छोटो चलचित्र 'टेन्सन' हौसला मिडिया हबच्यानलबाट सार्वजनिक गरिएको छ। अहिलेको विभिन्न समसामाहिक विषय वस्तुलाई समेटेर बनाइएको हाँस्य व्याङ्ग्य जनचेतनामुलक साथै लभस्टोरी छोटो चलचित्र टेन्सनको छायांकन बारहक्षेत्र नगरपालिका सहित पूर्वका विभिन्न स्थानमा गरिएको छ। 

निर्देशक साथै कलाकार होम पि भट्टराईको कथा लेखन निर्देशनमा रहेको यस छोटो चलचित्रमा मुख्य कलाकार शिव भट्टराई भोजपुरे, मोतीराम राई, होम पि भट्टराई, एल एन गच्छादार, सुरवि भट्टराई, मञ्जिला पौडेल, सुशील विक, सुजता विक, सुमित्रा तामाङ, सुनिता विक आदि रहेका छन्।त्यसैगरी यसको छायांकन सम्पादन कमानसिंह राईले गरेका छन् भने यसको निर्माता विवेक राज धामी रहेका छन्।

निर्देशक होम पी भट्टराईले यस अघि पनि उदेश्य, उदेश्य २, घृणा, धोका, कोही भन्दा कोही कम छैन, खुरपारे काजी, मास्क जस्ता सर्ट मुभी ठूलो पर्दाको फिल्म ड्रिम गल, गोल, फेक फ्रेनमा अभिनय गरिसकेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.