Websoft University

एम्सकलेजका ईश्वर चौलागाई भए प्रदेश प्रथम


विराटनगर माघ २७ गते । रातो तारा डट कम, विराटनगर–९ मा अवस्थित एम्स कलेजले त्रिभुवन विश्वविद्यालयले हालै प्रकासित गरेको बिएचएम चौथो सेमेष्टको परीक्षाफलमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ ।

चौथो सेमेष्टरमा सम्मिलित भएका विद्यार्थीहरु  सतप्रतिशत उत्तिर्ण भएका हुन् । कलेजमा अध्ययनरत ईश्वर चौलागाईले उक्त सेमेष्टरमा ३.८३ जिपिए ल्याएर प्रदेश प्रथम भएका हुन् । यस अघि एम्स कलेजमै अध्ययनरत विद्यार्थी प्रेक्षा पौडेल बिएचएम दोस्रो सेमेष्टरमा नेपाल चौथो तथा प्रदेश प्रथम भएकी थिईन् ।

कलेजले आज एक कार्यक्रम गरि सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सिएम बस्नेतले “एम्स कलेज सिप , सँस्कार र प्रविधि मैत्री कलेज रहेको बताए  । विद्यार्थीहरुलाई गरिखाने बनाउने मात्र नभएर सार्वङ्गीण विकासकालागी कलेजले सबै थोकको व्यवस्था गरेको प्रमुख बस्नेतले बताए । भौतिक पूर्वाधार अब्बल हुनुका साथै सिकाई प्रमावकारी रहेको प्रमुख बस्नेतले बताए । 

कलेजका बिएचएम को–ओर्डिनेटर सुरेन्द्र मण्डलले आफुले लण्डनमा विद्यार्थीका रुपमा रहदा सिकेका कुरा आफ्ना विद्यार्थीलाई सिकाउदै आएको र एम्सका विद्यार्थीहरु अन्य सामान्य विद्यार्थी भन्दा फरक हुने बताए । बिएचएमका विद्यार्थीलाई आवश्यक सम्पूर्ण पूर्वाधार उवलब्धभएको र रियल प्राक्टिकलको लागी ईन्डष्ट्रि नै स्थापना गरिदिएकोमा कलेज व्यवस्थापनलाई  धन्यवाद ज्ञापन समेत को–ओर्डिनेटर  मण्डलले गरे ।

कार्यक्रममा दोस्रो सेमेष्टरमा प्रदेश प्रथम तथा नेपाल चौथो भएकी छात्रा प्रेक्षा पौडेलले आफ्ना अग्रजले देखाएको बाटो पैल्याउने र यसले थप प्रेरणा मिलेको कुरा गर्दै शुभकामना व्यक्त गरिन् ।

प्रदेश प्रथम भएका विद्यार्थी ईश्वर चाम्लागाईले कलेजले दिएको सिकाई र शिक्षाको उच्च सम्मान गर्ने र यो प्रेरणा सदैव कायम गर्ने बताए ।

एम्समा त्रिविविबाट सम्बन्धन प्राप्त बिबिएस, बिएचएम र बिएस सिसि एस आई टि कार्यक्रमहरु सञ्चालनमा छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.