Websoft University

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते


झापा, २०७८ माघ २६ गते ।  झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व पश्चीम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  भने १ जना घाईते भएका छन । हिजो दिउसो १ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्याजिक भेनले बिपरीत दिशा बाट जादै  गरेको प्र १-०१-०१३ प  ७३२६ नम्बरको  मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार  बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए । दुवै घाईतेलाई  उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको थियो  भने पछाडि सवार कृष्णको सोहि अस्पतालमा उपचारभईरहेको छ । म्याजिक भेन र चालक  ईलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसमन्धान भईरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.