Websoft University

अब इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्ने


सुनसरी फागुन ७ गते । रातो तारा डट कम,इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्ने भएको छ । केहि दिन भित्रैवाट सवै वडाका वासिन्दाले आफनो घर आगनवाटै आधारभूत स्वास्थ्य सेवा पाउने भएका हुन ।

यसअघि सरकारी सस्था नभएका वडाहरुमा वडास्तरीय आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । आधारभूत स्वास्थ्य इकाइका लागि आवश्यक जनशक्ति र फर्निचर लगायत ब्यवस्थापन गरिसकिएको उपमहानगरपालिकाले जनाएको छ ।

यसैविच वडा नम्वर ४ मा निर्मित आधारभूत स्वास्थ्य इकाई भवनको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उदघाटन गर्नुभयो । वडा नम्वर ४ का ८५ वर्षिय जेष्ठ नागरिक कटक वहादुर वुढाथोकीको स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य सेवा सुरु गरिएको छ । भवन उदघाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि चौधरीले इटहरीको सवै वडाका वासिन्दाले आफनै घर आँगन वाट आधारभूत स्वास्थ्य सेवा लिन पाउने अवस्था सृजना गरिएको वताउनुभयो । उहाँले केहि दिन भित्रैमा सवै स्वास्थ्य इकाई भवनको उदघाटन गरेर सेवा प्रारम्भ हुने जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले प्रत्येक स्वास्थ्य इकाईमा एक जना हेल्थ असिस्टेण्ट,एक जना नर्स र एकजना कार्यालय सहयोगीको ब्यवस्थापन गरिएको जानकारी दिनुभयो । इटहरी खानेपानी सस्थाका अध्यक्ष राम प्रसाद चौलागाँईले इटहरी उपमहानगरपालिकाले विकास निर्माणमा जनपक्षीय र लोकप्रिय कार्य गरेको वताउनुभयो । वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईले वडावासीलाई आफनै घर आँगनमा निर्मित स्वास्थ्य इकाइवाट आधारभूत स्वास्थ्य सेवा लिनका लागि वडावासीलाई आवहान गर्नुभयो ।वडा सदस्य डिवि राईले जनताको घरदैलोमै स्वास्थ्य सेवा आएकोमा खुशी प्रकट गर्नुभयो । स्वास्थ्यकर्मी हरी गौतमले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने स्वास्थ्यसेवाका वारेमा जानकारी गराउनुभयो । यसअघिनै वडा नम्वर २ मा आधारभूत स्वास्थ्य इकाइको उदघाटन भइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.