Websoft University

जिल्ला कृषि सहकारी संघ मोरङ्गले गर्यो १३ औं वार्षिक साधारण सभा


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,संघको कार्यक्षेत्र भित्र संचालित ७४ वटा कृषि सहकारी संस्थाको छाता संगठन रहेको जिल्ला कृषि सहकारी संघले


१३औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। मोरङ्ग नेत्रहीन संघ बेलबारीको सभाहलमा भएको बार्षिक साधारण सभामा नेपाल कृषि सहकारी संघ केन्द्रीय सदस्य खगेन्द्र राज भण्डारीको प्रमुख आथित्यता रहेको थियो भने संघका अध्यक्ष रविन्द्र आचार्यको सभापतित्व रहेको थियो।


कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक गणेश प्रसाद गुरागाईंले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत   गरेका थिए भने संस्थाका उपाध्यक्ष सोभितमान पौडेलले स्वागत मन्तव्य राखेका थिए।बिगत वर्ष झैँ यस बर्ष पनि सहकारीकर्मी , उत्कृष्ट संस्था तथा कर्मचारी सम्मान तथा पुरस्कार समेत वितरण गरिएको छ।त्यस अन्तर्गत जिबन ज्योति महिला साना किसान सहकारी संस्था लिमिटेड उर्लाबारी-९ राजघाट र मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी-७ लाई संस्थागत सम्मान प्रदान गरिएको थियो। सहकारीकर्मीहरु देबेन्द्र पौडेल र जितनारायण खवासलाई र कर्मचारी तर्फबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड दुलारीका ब्यबस्थापक कमला पोख्रेललाई सम्मान गरिएको छ।

मोरंग जिल्ला सुगम जिल्लाको रुपमा चिनीए पनि कयौं बिकट र दुर्गम क्षेत्रहरु जिल्ला भित्र रहेका छन् र अझै पनि कृषि कर्म गर्ने र अगाडी बढ्ने भनेर संचालनमा आएका कृषि सहकारी संस्थाहरु राज्यको पहुँचबाट टाढा नै छन् भने कतिपय सहकारी एउटा निश्चित समयमा ठुलो अपेक्षा साथ् खोल्ने तर समयक्रममा निरन्तरता दिन नसकी बन्दको अवस्थामा रहेका छन्। कृषि क्षेत्रमा धेरै नै चुनौती रहेपनि राज्यको ध्यान अझै जान सकेको छैन। उत्पादित बस्तुमा बिचौलियाको हाबी हुँदा सधै किसान मारमा परेको देखिन्छन यसमा किसानले बास्तबिक मूल्य पाउन र राज्यले किसानको संरक्षण गर्न जरुरि रहेको प्रमुख अतिथि भण्डारीले बताएका छन्।

सबै कृषि सहकारी संस्थालाई आफ्नो निश्चित दायरामा र सही मार्गमा अझै ल्याउन सकेको छैन। बेलबारीमा शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभामा बोल्दै संघका अध्यक्ष रवीन्द्र आचार्यले संघको जग्गामा सित भण्डारण निर्माण गर्ने, किसानका उत्पादित बस्तु बजारीकरण गर्ने बताएका छन्। संस्थाका सचिव जेपी कोइरालाले सञ्चालन गरेको उक्त साधारणसभामा विशिष्ठ अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रीय सदस्य हरी बस्नेत, अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सल्लाहकार जितनारायण खवास लगायत सहकारीकर्मी साथै विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

संघको कुल शेयर पुजी ७५ लाख १८ हजार र ३७ लाख ८७ हजार निक्षेप रहेको प्रतिबेदनमा उल्लेख छ।आगामी बार्षिक नीति तथा कार्यक्रममा सहयोगी निकायबाट अनुदान, तालिम कार्यक्रम, संघको निर्माणाधीन भबनलाई पूर्णता दिने संघ भित्रका सहकारीलाई सुलभ थोक कर्जाको खोजि गरि कृषि व्यवसायलाई व्यवसायीकरण गर्नमा निरन्तरता दिने भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.