Websoft University

एमसीसी टेबुल गरेपनि संसोधन नगरी पास हुन नसक्ने—काठमाण्डौका जनताले आज पनि बानेश्वर क्षेत्र तनावग्रस्त बनाउने


काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम, अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा सहमति जुटे आजै संसद बैठकमा टेबल गर्ने तयारी सरकारले गरेको छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सङ्घीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने उल्लेख छैन । बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीलाई अन्तिम रूप दिने तयारी सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सरकारमा रहेका दलहरूको बैठक बिहान १० बजे बालुवाटारमा बोलाएको छ । सरकारमा सहभागी दलहरुले अहिलेकै अवस्थामा एमसीसी टेबुल गरेपनि पास हुने नसक्ने बताउदै आएका छन । आज पनि नया बानेश्वर सासद भवज छेउछाउमा तनाव जारी रहने भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.