Websoft University

नयाँबानेश्वर क्षेत्रमा आज पनि संसद भवन घेराउ र प्रदर्शन हुने—दिनभर यो क्षेत्र तनाव रहने सकेत, जिल्ला प्रशासन कार्यालय घेराउ हुने


काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले एमसीसी परियोजनाको विरोध गर्दै आज संसद भवन घेराउ गर्ने भएका छन् । हिजो बसेको सबै दलको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएकोछ । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरूले आज संसद भवन र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका छन् । काठमाडौँको माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनहरुमा प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.