Websoft University

पत्रकार केदार कटुवालको उपचारको क्रममा मृत्यु


गाईघाट २५ माघ । रातो तारा डट कम,मोटर साइकल दुर्घटनामा परी गम्भीर रुपमा घाइते भएका पत्रकार केदार कटुवालको उपचारको क्रममा सोमवार साझ मृत्यु भएको छ । स्थानिय एक व्यक्तिको मलामी गएर फर्कने क्रममा दश दिन अघि उनी चौढण्डीगढी नगरपालिका –६ वेलटारमा आफैले चलाएको मोटर साइकल दुर्घटनामा परी गम्भीर रुपमा घाइते भएका थिए । घाइते कटुवालको टाउकोमा चोट लागेर वेहोस भएपछि विराटनगर स्थित नोवेल अस्पतालको सघन कक्षमा उपचार भैरहेको थियो । उनको उपचारकै क्रममा साझ मृत्यु भएको  आफन्त पत्रकार कृष्ण वस्नेतले बताए । दुई दशक देखि पत्रकारितामा आवद्ध रहेका कटुवाल शिक्षण पेशामा समेत आवद्ध  थिए । नेपाली काग्रेसको टे«ड यूनियन उदयपुरका समेत अधक्ष्य रहेका उनी इमेज च्यानल र हिमालयन टाईम्स दैनिक उदयपुका संवाददाता थिए । कटुवाल को निधन प्रति नेपाल पत्रकार महासंघ उदयपुरले पे्रश वीज्ञप्ती जारीगर्दै कटुवालको निधनले नेपाली पत्रकारिता क्षेत्रको एक कुशल , उर्जाशील र जुझारु पत्रकार गुमाएको उल्लेख गरिएको छ । कटुवालको शवलाई मगलवार विहान उनकै गृह नगर वेलटार स्थित त्रियुगा नदीमाअन्टेष्टीगरीएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.