Websoft University

आजीवन ठगि गर्दै हिड्ने ईश्वरी प्रसाद पोख्रेल पक्राउ परे


काठमाडौ  । रातो तारा डट कम,पक्राउ परेका व्यक्ति जिल्ला  प्युठान तोरवाङ गा पा -६ घरभई हाल झिमरुक  गाऊँपालिका वडा नं ६ तोरवाङबस्ने भेडीगोठ बाख्रा फार्म प्रा।लि।चित्लाङ, मकवानपुर, कामधेनुगाई फार्म प्रा।लि।खैरेनीपुर चितवन, प्रिसा पशुपन्छी तथा कृषि फर्मप्रा।लि।

झिमरुकप्युठान,प्रिंस कन्ट्रक्सन प्रा.लि. का.म.पा.-३२ काठमाडौँ,गौमुखी फिड ईन्डष्ट्रिज कपिलवस्तुको प्रोपाईटर बताउने वर्ष  ५० को ईश्वरी प्रसाद पोख्रेल माघ २४ गते पक्राउ  परेका छन। 

पक्राउ परेका व्यक्तिको सामन्य विवरण र पृष्ठभूमिस्  ठगी मुद्धाको अनुसन्धानको शिलशिलामा निजईश्वरी प्रसाद पोख्रेलको खोजि भईरहेकोमा मिति २०७८र१०र२४ गते राति २०.००बजेको समयमा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ स्थित वडा प्रहरी कार्यालय चन्दौटाको चेक पोईन्टमा बाग्मति प्रदेश ०१-०२६ च ४००१ नं को त्ब्त्ब् ज्छ कार चढी आउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राऊ गरिएको हो । निज प्रोपराईटर भएको भनि बताएका फर्महरु भौतिरुपमा स्थापना र सञ्चालनमा रहेका  समेत नपाईएको छ ।

घटनाको विवरण 

जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडानं १ मालटोलस्थित kgn mart पसलमा मिति२०७८।०३।१८ गते आई रु ५०,०००।-पचास हजार बराबरको किराना र कस्मेटिक लगायतको समान किनी आफु जिल्ला कपिलवस्तु बिजयनगर गाउपालिका वडा नं ४ अन्तरगत रहेको गौमुखी फीड ईण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोपराईटर भनी  वर्ष ५० को ईश्वोरी प्रसाद पोख्रेलले उक्त सामान खरिद गरे वापत दिनु पर्ने रकम माछापुच्छ्रे बैंक लि।बाट भुक्तानि पाउनेगरी रु।५००००।-पचास हजारको चेक मिति २०७८।०३।१८ गते दिई गएकोमा सो चेक माछापुच्छ्रे बैंक लि।तौलिहवा शाखामा चेक क्लियरिङ गराउदा निजको खातामा रकम नभएको पाईएपछी ठगी मुद्धा दर्ता भई अनुसन्धान कार्य जारी रहेको छ।

यस भन्दा पहिले निज विरुद्ध दर्ता भएका मुद्धाहरूको विवरण 

ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मिति २०५७।०६।१ गते स्थानिय जनतालाई डर त्रासको वाताबरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्धा दर्ता भएको  ।

ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९।०९।१६ गते तत्कालिन साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यलयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भनि कामको शिलशिलामा १ र२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नं।१३१००११७५१३४२ पिडितलाई दिई रु।७,००,०००।– (सात लाख) ठगी गरेको हुनाले ठगी मुद्धा दर्ता  भई अनुसन्धान पश्चात जेल चलान भएको।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३।०८।०७ गते राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिन्छु भनि रू।१,५०,०००।-ठगि गरेको हुनालेमुद्धा दर्ता  भई अनुसन्धान भएको । 

महानगरीय प्रहरी परिसर काठमाण्डौमा मिति २०७८।०९।०७ गते आफ्नो बैङक खातामा नभएको रकम रु. ५०,००,०००।– ९पचास लाख० को चेक काटी दिएकोमा उक्त रकम बैङकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैङकिङ कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भएको  ।

निजको ठगीको श्रृखला:-

२०६४र०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गा।बि।स।हाल राप्ती गाउपालिका वडा नं।०२ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिहरूबाट अं।१,००,००,००० (एक करोड ) भन्दा बढी रुपैया उठाई ठगी फरार भएको भन्ने खुल्न आएको । 

२०६५ सालमा कैलाली जिल्लाको धनगढी स्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी फरार भएको भन्ने खुल्न आएको । 

पर्सा जिल्लाको विरगञ्जमा देवेन्द्र कुमार कर्णले सञ्चालन गरेको  jagadama saled Tradinh pvt ltd  मागइ आफू  gaumukhi feed industries& Trade link pvt ltd ko सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू रू।४७,००,०००।–(सडचालिस लाख) मा खरिद गरी सो वापत   gaumukhi feed industries& Trade link pvt ltd  को माछापुच्छ्रे बैङकमा रहेको १००१५२४१०४८७८११२ खाता नं।को रकम नभएको चेक मिति २०७८।०३।१३ गते  दिई फरार भएको रहेछ । 

गोयल कम्पनिको विक्रेता भैरहवाको शिद्धार्थ हार्डवेयरबाट मिति २०७८।१०।०५ गते रू।२३,००,०००।– (तेइस लाख) बराबरको हार्डवेयर सामग्री (पाईप) l-beam chanal gate आदि फ्याक्ट्री बनाउन लागेको छु भनि  कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं।०९१९६०१९९५३१७०११ नं।को रकम नभएको चेक दिई फरार भएको । 

नेपाली सेनाको ठेकेदार हुँ भनि चितवन जिल्लाको टाडीमा सञ्चालित  Rijal food & Beverages plt.ltd. बाट मिति २०७८।०७।३० गते  gaumukhi feed & industries  & Trade link pvt ltd. को नाममा दालमोट,भुजिया लगायत नमकिनजन्य सामानहरू खरिद गरी सो वापतको भुक्तानीको लागी माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सो बापत कम्पनीले रु।२८,००,०००।– (अठ्ठाइस लाख) को क्षति बेहोरेको ।

नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५,००,०००। लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको । 

प्युठान सिमेन्ट कारखानाबाट रू.२०,००,०००।–बराबरको सामान लिई रकम नभएको चेक दिई फरार रहेको । 

गोल्छा अर्गनाईजेसनबाट रू.३०,००,०००।– बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको । 

काठमाण्डौ जिल्लाको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्शबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको रु. १,२७,०००।–बराबरको रकम नभएकोको चेक दिई  फरार रहेको ।

साथै निज ईश्वरी प्रसाद पोखरेलले अन्य ठाउँमा पनि ठगी गरेको हुनसक्ने हुनाले निजबाट ठगीएका पिडितहरु हुनुहुन्छ भने कपिलवस्तु प्रहरीमा सम्पर्कको लागि अनुरोध गर्दछौं ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.