Websoft University

झापामा नवनिर्मित ‘बिओपी’को उद्धघाटन-सीमा शुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण


झापा माघ १८ गते । रातो तारा डट कम, झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालले विगतमा परिष्कृत भएर मुलुकको सीमा रक्षाका लागि तल्लीन हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । बजेटको सिमाले भ्याएसम्म सरकार विकासका काममा लागिरहने राईले बताउनुभयो ।


आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । उहाँले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सरकारले संवेदनशील भई काम गर्ने बताउनुभयो । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बताउनुभएको छ । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाई छ । ‘सीमा शुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’ उहाँले भन्नुभयो । 

कार्यक्रममा नं १ बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति कमल गिरिले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारी तल्लीन भएर सशस्त्र प्रहरीले गरिरहेको बताउनुभयो । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालिले एक करोड ३९ लाख १७ हजार पाँच सय ६४ रुपैंया ४२ पैसामा पाएको थियो । 

कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमा कुमारी गणेशलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । समारोहमा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.