Websoft University

वन बिनास रोक्न ग्यास सिलिन्डर चुलो बितरण


गाईघाट १८ माघ । रातो तरा डट कम,दाउराको निर्भरता हटाउनको लागि भन्दै उदयपुरको एक सामुदायिक वनलेआफना उपभोक्ता लाइ एलपि ग्याँस सिलिण्डर र चूलो उपलब्ध गराएको छ । जिल्लाको चौढण्डीगढी नगरपालिका –८ सालघारी सामुदायिक वन उपभोक्ता समूहले मंगलवार ४३ घरधूरीको लागि ग्याँस र चूलो वितरण गरेको हो । आर्थिक वर्ष २०७८÷०७९ को गरीवी निवारण कार्यक्रम अन्र्तगत झण्दै ४ लाख रुपैया खर्च गरेर आफनो समूह भित्रका दलित, विपन्न र एकल महिलाका लागि उपलब्ध गराईएको समूहका अधक्ष्य चन्द्र कुमार राईले बताए । समूहमा आवद्ध दलित, विपन्न र एकल महिलाले अहिले पनि खाना पकाउनको लागि काठ दाउरामा निर्भर रहनु परेको र त्यसको कारण वन विनास भैरहेको ठहर गर्दै समुहले उनीहरुको लागि ग्याँस सिलीण्डर र चूलो वितरण गरेको अधक्ष्य राईले बताएका छन । हामीले वन विनास रोक्न को लागि वर्षेनी यस्तै कार्यक्रम संचालाउदै आएको बताएका छन। दलित विपन्न परिवार वर्षौ देखि खाना पकाउन वन जंगलको. काठ दाउरामा निर्भर हुदै आएका छन। यस्ले गर्दा वन फडानी बढ्दै गईरहेको छ’ । उनले भने। समूहले कार्ययोजना वनाएर वन विनास रोक्न लागेको उनले बताए । हामीले यो कार्यक्रम लाई निरन्तरता दिदै लाने योजना वनाउको छौँ’ । अधक्ष्य राईले भने । सरकारले अघि सारेको धुवामुक्त अभियान ’ लाई समेत ग्याँस सिलिण्डर र चूलो वितरण कार्यक्रमले सहयोग पुगेको समूहका सदस्य तेजु चौधरीले   बताएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.