Websoft University

विद्यालयलाई निःशुल्क माक्स

मोहन कुमार राई÷ फाल्गुण ८ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित ७ विद्यालयहरुमा निःशुल्क माक्स वितरण गरेको छ ।


कोभिड १९ को नयाँ भेरीयन्ट सहितको त्रासमा विद्यालयहरु खुलिरहेको अवस्थामा नगरपालिकका विभिन्न विद्यालयहरुलाई  योञ्जन वयलकेयर पोलिक्लिनिक प्रालि पोखरीबजार प्रोपाइटर मनोज तामाङ र एलटी वायोटेक ट्रेडरस प्रालि काठमाण्डौका प्रोपाइटर लक्ष्मी अधिकारी द्वारा आइतबार ७ विद्यालयमा माक्स वितरण गरेको थियो । केएन ९५ नामक कम्पनीका माक्स चैनपुर नगरपालिका ३ स्थित शारदा माध्यमिक विद्यालय पोखरीमा ५ सय ६० थान, चैनपुर ५ स्थित जलजले अङ्ग्रेजी स्कुलमा २ सय ४० थान, चैनपुर ३ स्थित सिद्धकाली अंगे्रजी स्कुलमा २ सय ८० थान, जनकल्याण आधारभूत विद्यालय केरावारीमा ३० थान, आधारभूत विद्यालय पिङडाडामा ७० थान, सिंहेस्वरी आधारभूत विद्यालय कोक्सामा १ सय३० थान, युवा रेडक्रस सर्कल संखुवासभा बहुमुखी क्याम्पस चैनपुरलाई १ सय ५० थान गरी जम्मा १ हजार ४ सय ५० थान माक्स वितरण गरेको योञ्जन वेलकेयरका प्रोपाइटर तामाङले जानकारी दिनुभयो । 

१ लाख मूल्य बराबरको केएन ९५ नामक ५ लेयरस रहेको माक्स शैक्षिक संस्थाहरुलाई माक्स वितरण गरिरहेको संस्थाका प्रोपाइटर मनोज तामाङले विद्यालयहरुले सम्पर्क राखेमा ति विद्यालहरुलाई समेत माक्स वितरण गरेर सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.