Websoft University

खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन


विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । 



आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले रिवन काटेर उद्घाटन गरेसङै सस्थाले विद्यालयलाइ परियोजना हस्तान्तरण गरेको हो  । विद्यार्थीलाई शुद्ध खानेपानीको व्यबस्थापन गर्नका लागि प्लाण्ट स्थापना गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहनुभएका मन्त्री कार्कीले शुद्ध खानेपानीले विद्यार्थीको स्वास्थ्य स्वस्थ रहने उल्लेख गर्दै स्वस्थ तरिकाले नवीन ज्ञान लिन सहयोग गर्ने बताउनुभयो । मन्त्री कार्कीले आधुनिक समाज सङ्सङ्गै सिकाइको माध्यमलाई पनि आधुनिक ढंगले चल्नुपर्नेमा जोड दिनुभयो । उहाले परीक्षामा पास गर्नकै लाई पढ्ने र पढाउने बानी त्याग्नुपर्ने बताउनुभयो । नैतिक शिक्षामा जोड दिन शिक्षकहरुलाइ उहाको निर्देशन छ ।

मन्त्री कार्कीले विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नका लागि खेलकुदका सामग्री, बाल उत्थान लागाएतका संरचना निमार्ण गर्नुपर्ने बताउनुभयो । त्यस्का लागि प्रदेश सरकारले आवस्यक सहयोग गर्ने उहाको भनाइ छ ।

कार्यक्रममा रतुवामाइ नगरपालिका मेयर रविन राइले अन्तर्राष्ट्रिय सस्थाले प्लान्ट निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरका सार्वजनिक स्थानहरुमा यस्तै प्लान्ट स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

परियोजनाका निर्देसक इलियास हसन चौधरीले विश्व भरी नै यस्ता परियोजना संचालनमा रहेको बताउनुभयो । सो प्लान्ट अनुमानित ६ लाखको लागतमा तयार भएको सस्थाले बताएको छ ।

परियोजनाको नेपालमा संयोजन वर्क फर नेपालले गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.