Websoft University

प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण

विराटनगर, ८ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३, बुढीगंगा, सुनबर्षी, लेटाङ, केराबारी, कानेपोखरी, र बेलबारीमा १–१, सुनसरीको कोशी गाउँपालिकामा २, इटहरी र देवानगञ्जमा १–१, पाँचथरको फालेलुङ र फिदिममा १–१, झापाको दमक र मेचीनगरमा १–१, धनकुटाको पाख्रिबास र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५० महिला र ५१ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.