Websoft University

“बिश्व सालक’ दिवसको अवसर पारेर सालक सरक्षणमा बिधार्थीको सहभागीता


गाईघाट ८ फागुन । रातो तारा डट कम,“बिश्व सालक’ दिवसको अवसर पारेर उदयपुरको कटारीमा डिभिजन वन कार्यालयले लोपोन्मुख सालकको संरक्षणमा विध्यार्थीहरु लाई अग्रसर गराएको छ । सालकको संरक्षणमा जोड दिदै शनिवार जनचेतना कार्यक्रम को आयोजना गरी वन्यजन्तु सरक्षण समाज कटारीमा अभियन्ता र प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विध्यार्थीहरुले विचार गोष्टीको आयोजना गरेका   थिए । सालक नेपालमा संरक्षीत जनावरको सूचीमा रहेको छ । बासस्थान विनाश र चोरी शिकार बाट लोप हुदै गईरहेको छ ।’ डिभिजन वन कार्यालयका प्रमुख फडिन्द्र पौखरेलले भने र्। उदयपुरको विभिन्न वन क्षेत्रमा पाइने सालक अहिले लोप हुने अवस्थामा पुगेको ले तत्काल संरक्षण गर्नु  पर्ने अवस्था आएको छ । उनले भने ।तर हामी संग यसको लागी कुनै बजेट छैन  र यस बारे ठोस कुनै कार्यक्रम ल्याउन सकेका छैन,”। उनले आफु उदयपुर आए देखिनै सालक संरक्षणको लागी सामुदायिक वन उपभोक्ता समूह , संचारकर्मी र सरोकारवाला संग छलफल गरेको बताए । विश्वमा पाइने ८ प्रजातिका सालक मध्ये नेपालमा कालो र तामे गरी दुई प्रकारको सालक पाइन्छ । चुरे पहाडको   छेउ छाउ तथा माहाभारत श्रृखलाका  भित्रि खोचहरु सालकको प्रमुख बासस्थान रहेको उनले बताए। नेपालमा उदयपुर, धादिङ, काभ्रेपलाञ्चोक, गोर्खा , रामेछाप, संखवासभा र सिन्धुलीमा सालक पाईन्छ । किसानको साथी भएकै कारण सालकले माटो मुनी बस्ने धमिरा ( एक किसिक कमिला)लाई सखाप गर्ने गरेको वन अधिकृत पोखरेललेबताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.