Websoft University

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ


सुनसरी, २०७८ पौष २८ गते । सुनसरीको ईटहरी उप-महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ट्याब्लेटको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले सिराहाको लाहान नगरपालिका-१ का ४८ बर्षिय डोमा मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.