Websoft University

हेल्थ प्रोफेसनले बाँडे न्यानो लुगा

 

विराटनगर माघ २ गते । रातो तारलाा डट कम, यन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले आइतबार ग्रामथान २ झोराहाटको रवी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका १०० जना साना विद्यार्थीलाई स्वेटर वितरण गरेका छन् । 


लायन्सका संस्थापक मेल्भिन जोनका सम्झनामा लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का गभर्नर रेवतबहादुर कार्कीले आव्हान गरेको सप्ताहव्यापी ‘सर्भिस विक’ का अन्तिम दिन लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलले न्यानो कपडा वितरण कार्यक्रम राखेको क्लबका अध्यक्ष प्रमोद चौधरीले बताए ।

रवी आधारभूत विद्यालयमा दलित विद्यार्थीहरु मात्रै अध्ययन गरेकाले सो विद्यालय छनोट गरेको अध्यक्ष चौधरीले बताए । क्लवले औपचारिक कार्यक्रम गरेर स्वेटर हस्तान्तरण गरेको थियो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, उपाध्यक्षहरु डा. शुनिल रेग्मी र अनिल शर्मा, सचिव प्रमोद साह, विद्यालय प्रधानाध्यापक जितेन्द्र सरदार, विद्यालय विकास समितिका सदस्यहरु,अभिभावकहरुको उपस्थिति रहेको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.