Websoft University


सुनसरी माघ २ गते । रातो तारा डट कम, इटहरी वडा नम्वर १८ का १७  जना जेष्ठ नागरिकलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

७० बर्ष माथिका गहनी चौधरी,वचिया चौधरी,पूर्नी चौधरी,तिरिया देवी चौधरी,पुष्नी देवी चौधरी,सुती देवी चौधरी,फूलमायाँ तामांग,नरमाया तामाँग,विल्टी देवी चौधरीलाई सम्मान गरिएको हो । यसैगरि सम्मानित हुने अन्य जेष्ठ नागरिकहरुमा सुखनी देवी चौधरी,पुष्नी देवी चौधरी,केशिया देवी चौधरी,चन्द्रा देवी चौधरी,चनिया,दुखनी,दैतिनदेवी र सतोनिया चौधरी छन । यसैविच सोही कार्यक्रममा १५ जना विपन्न नागरिकलाई जाडोवाट वच्नका लागि ब्याङकेट वितरण गरिएको छ । प्रमुख चौधरी र उपपप्रमुख गौतमले नन्दराज राई,सरिलाला चौधरी,जस वहादुर राई,हर्क विश्वकर्मा,पशुपति विश्वकर्मा,पर्शुराम आर्चाय,फागु चौधरी,दाताराम चौधरी,वडरु चौधरी,गोवर्धन चौधरी,गागिन चोैधरी,रत्नमायाँ खत्री,भतिया देवी चौधरी,पार्वती चौधरी र मानपुर चौधरीलाई ब्याडकेट प्रदान गरिएको हो । इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष विपन्न समूदायका ब्यक्तिहरुलाई जाडोवाट वच्न न्यायो कपडा प्रदान गर्दै आएको छ । जाडोको वेला मेयर उपमेयर गाँउमै आएर न्यानोकपडा प्रदान गरेको भन्दै स्थानीयले खुशी ब्यक्त गरेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.