Websoft University

प्याब्सनद्वारा सुन्दरहरैंचामा खाद्यान्न र न्यानो कपडा वितरण!


शिव भट्टराई,मोरङ पुस २४ गते । रातो तारा डट कम,निजी विद्यालयहरुको छाता संगठन प्याब्सन सुन्दरहरैंचा नगर कमिटीले प्याब्सनको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा एक कार्यक्रम गरी खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ।शनिबार मोरङको सुन्दरहरैंचा वार्ड नं ५ स्थित नयाँ वृन्दावन गौशालामा रहेका २९ जना बटुकहरुलाई चिनी, चिउरा, दाल,भुजा , पिठो, तेल फलफूल साथै ज्याकेट, जम्फर जस्ता कपडाहरू वितरण गरेको छ।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्कीले हरेक वर्ष कुनै एक स्थानमा खाद्यान्न , कपडा तथा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको र यस पटक पनि गौशालामा बटुकहरूलाई वितरण गरेकोमा खुशी व्यक्त गरेका थिए।त्यसैगरी विशिष्ठ अतिथि सुन्दरहरैंचा वडा नं ५ का वडाध्यक्ष राम प्रसाद रिजालले सरकार र नगरपालिकाले गर्न नसकेको कार्यक्रम प्याबसनले गरेको भन्दै प्रशंसा गरेका थिए।


प्याब्सन सुन्दरहरैंचाका नगर अध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्री महाराज र बटुकहरुलाई संयुक्त रूपमा सामाग्री हस्तान्तरण गरिएको थियो।सामाग्री ग्रहण गर्दै संरक्षक शास्त्रीले आफ्नो निजी सम्पत्ति खर्च गरेर स्कुल स्थापना गरी समाज परिवर्तनमा लाग्नुहुने निजी स्कुलका सञ्चालकहरुले गौशालाका बटुकलाई सामाग्री प्रदान गरेकोमा आभार ब्यक्त गरेका थिए।


त्यसैगरी ३१ औं स्थापना दिवसको सन्ध्याकालीन कार्यक्रम अन्तर्गत विराटचोक स्थित प्याब्सनको कार्यलय अगाडि ३१ दीप प्रज्वलन गर्दै ३१ औं केक काटेर कार्यक्रमलाई आकर्षक बनाइएको कार्यक्रम सञ्चालक प्याब्सन सुन्दरहरैंचाका सचिव टिका पराजुलीले बताएका छन्।कार्यक्रममा सुन्दरहरैंचाका निजी स्कुलका संस्थापक प्रिन्सिपल, शिक्षक शिक्षिका लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.