Websoft University

साना किसान कृषि सहकारी संस्था कानेपोखरीले गर्यो ६ औं बार्षिक साधारण सभा

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको कानेपोखरी गाउँपालिका वडा -१ होक्लाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले ६  औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त साधारण सभामा संस्थाका अध्यक्ष गणेश थापाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन्।


उक्त सहकारी जिल्ला कृषि सहकारी संघ मोरङबाट प्रबद्धित तथा साना किसान बिकास लघु बित बितिय संस्थाले अनुदान उपलब्ध गराई मिति २०७४ आश्विन २४ मा डिभिजन सहकारी कार्यालय मोरंगमा दर्ता भएको हो।  आफ्ना सेयर सदस्य र समाजमा सेवा दिदै आएको छ। संस्थाले साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको विश्वासिलो सँस्थाको रुपमा स्थापित गर्न सबै सेयर सदस्यको साथ हुन आबश्यक रहने संस्थाका अध्यक्ष थापाले बताउनु भयो  । संस्थाले अगामी निति तथा कार्यक्रममा सहकारी शिक्षा शिबिर, सदस्य बीच सिपमुलक, ब्यबसायिक तालिम संचालन, तकारी खेति, बिउ वितरण, भबन निर्माण, किसानबाट धान, मकै, तोरी खरिद गर्ने, किटनाशक औषधि मल बिउबिजनको पसल खोलने अध्यक्ष थापाले बताउनु भयो ।

यस संस्थामा हाल महिला मात्र सदस्य भएको समुह ५९, मिश्रित २२ पुरुष मात्र नभएको गरी ८१ समुह रहेको छ।  हाल यस संस्थामा ४७७ सदस्य रहेका छन।  संस्थाको शेयर रकम ७ लाख ४१ हजार ५ सय  बचत २९ लाख  ९२ हजार ४ सय लगानी शेयर सदस्यलाई ४१ लाख ७६ हजार २ सय रहेको छ भने यस वर्षा संस्थाले ७ लाख २८ हजार आनदानी गरेका छन्।

जिल्ला कृषि सहकारी संघ मोरंगका उपाध्यक्ष शोभितमान पौडेलको प्रमुख आतिथ्यमा समपन्न साधारण सभामा पौडेलले राज्यले बनाएको नीति तथा कार्यक्रम बलियो भएपनि ब्यबहारमा फितलो भएको धारणा राख्नुभयो। सहकारीको क्षेत्रमा कतिपय बिकृति समेत देखिएकोले सहकारीमा ब्यबसायिक कर्जा माग गर्ने तर समयमा भुक्तानी गर्न नसक्दा सदस्यले आफ्नो दायित्व पुरा गर्न नसक्दा चुनौती देखिएको उहाँको भनाई छ।

सहकारीले मल बितरण गर्दै आएकोमा देशको राजनीतिक अबस्था र फितलो कानुनले अनुदानको मल समयमा नआउदा कृषक समस्या पर्ने गएको सो संस्थाका उपाध्यक्ष सनुजा बस्नेतको तर्क छ।

संस्था संचालनमा सदस्य किसानहरु समस्या हल गर्ने, ज्ञान, सिप र पूजीको ब्यबस्था मिलाई ब्यबसायिक आत्मनिर्भर बनाउन प्रेरित गर्न सके यस संस्था गाउँपालिकाकै  नुमुना सहकारीको रुपमा स्थापित गर्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.