Websoft University

माघ ८ गते थाकस मोरङले बिराटनगरमा १ दिने माघी महोत्सव गर्ने


बिराटनगर । रातो तारा डट कम, प्रदेश १ को राजधानी बिराटनगरमा थारु कल्याणकारी  सभा मोरङ जिल्ला कार्य समितिले माघि महोत्सव तथा तिला संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बिराटनगर महानगरपालिका वडा -४ कंचनबारीमा जातिय भेषभुश


नयाँ अन्नबालिबाट बनेको परिकार कुलदेवता चढाउदै गरिने माघि पर्व संरक्षण र संस्कृति रक्षा जातिय पहिचान भेषभुषा तथा झाँकी प्रदर्शनी संगै बिराटनगरको कंचनबारीमा १ दिने माघी महोत्सव  मनाउन लागिएको हो।


महोत्सव माघ ८ गते शनिबार हुने  थारु कल्याणकारी सभा मोरङ जिल्ला अध्यक्ष प्रदिप भगतले बताउनु भयो। उक्त महोत्सवमा स्टल सहित थारु सामाग्री,परिकार,भेष भुषाहरुको प्रदर्शिन गरिने छ । आधुनिक,पौरानिक रुपमा नाचिने नृत्यहरु प्रस्तुती तथा थारु चर्चित कलाकारको प्रस्तुति  रहने अध्यक्ष भगतले जनाएको छ ।

बिगत २ बर्ष  कोरोना कहरले थलिएको माघी पर्व यश बर्ष हर्ष उल्लासमय हुने आयोजकले जनाएको छ। त्यसैगरी महोत्सवको तयारीमा अहिले थाकस तिब्र रुपमा लागिरहेको छ भने आयोजकलाई थारु कला केन्द्र र थाएउ हेल्पिङ्ग ह्यान्डसले सहकार्य गर्दैछन।

थारु समुदायले माघिलाई नयाँ बर्षको रुपमा लिने गरेका छन। यस पर्वको अवसरमा उब्जाउ भएको नयाँ अन्नबालिबाट परिकार बनाई कुलदेवतालाई चढाई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । यसका साथै अगामि बर्षहरुमा बढि उब्जनिको कामना गर्दै माधिपर्वमा परिकार बनाएर देवतालाई चढाउने धार्मिक मान्यता समेत रहेको छ । नयाँ अन्नबालिमा सख्खर मिश्रण गरेर परिकार बनाएर ग्रहण गरे शारिरिक रुपमा बलियो हुने, शक्ति प्राप्त हुने  ,रोग ब्यादिबाट टाढा रहने समेत मान्यता रहेको छ । परिकारमा भुजाको लडडु,तिलको लडडु,माछा खाएर आदिम कालदेखि थारुहरु मनाउदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.