Websoft University

‘बरु थोरै हौँ, कांग्रेस भएर बाँचौँ-- कर्मचारीले कांग्रेसको विचारलाई साथ दिए ः मन्त्री कार्की


सुनसरी,  । रातो तारा डट कम, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं नेपाली कांग्रेसका नेता केदार कार्कीले पञ्चायतकालमा कर्मचारीले कांग्रेसको विचारलाई साथ दिएको बताउनुभएको छ । शनिवार नेपाल निजामति कर्मचारी युनियन सुनसरीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अहिलेको परिवर्तनमा कर्मचारीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको हो । 

विचारको लडाइँमा जेल जान पनि तयार हुने पार्टीका कार्यकर्ता रहेको उल्लेख गर्दै कार्कीले अग्रजहरूले आफ्नो छातीमा गोली थापेर पञ्चायतको विरोध गरेको बताउनुभयो । पछिल्लो समय कांग्रेस सही मार्गमा हिँड्न नसकेको उहाँको भनाई छ । ५० रुपैंया कमाउनकै लागि कांग्रेस बेच्न तथा अर्काको सदस्यता काट्ने प्रवृत्ति पार्टीमा बढेको कार्कीको भनाई छ । 

यस्तो प्रवृत्तिले कांग्रेस नचल्ने भन्दै उहाँले भन्नुभयो, बरु थोरै हौँ काग्रेर भएर बाँचौँ । विचार बाँच्यो भने मत आउँछ ।’ निर्वाचन जित्नकै लागि सबैसँग साठगाँठ गर्न नहुने उहाँको भनाई छ । ‘यस्तो र्गयौ भने कांग्रेस एक दिन विलय हुन सक्छ ।’ कार्कीले भन्नुभयो । 

कांग्रेसको १४ औँ महाधिवेशनमा डा.शेखर कोइरालाले पार्टीभित्र परिवर्तनको ढोका खोलिदिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो ‘डा.शेखर कोइरालाले हिम्मत नगरेको भए कांग्रेसमा युवाको प्रवेश सम्भव थिएन ।’ चुनावमा हारजीत एउटा प्रक्रिया रहेको उल्लेख गर्दै आन्तरिक प्रतिस्पर्धाले पार्टीको जीवनमा असर गर्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.