Websoft University

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु


सुनसरी, २०७८ पौष २५ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी  उपमहानगरपालिका ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे१प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याऊन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.